
३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९ महिना लामो प्रतिनिधिसभा (संसद)मा जारी अवरोध अन्त्य गरेको छ ।
बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो । एमालेका नाराबाजीका बीच बजेट (प्रतिस्थापपन विधेयक) लगायतका केही विधेयक पास भए पनि संसद प्रभावकारी भएन ।


प्रतिक्रिया दिनुहोस्