
काठमाडौं धोबीखोला करीरोड क्षेत्रमा रहेको झण्डै ७ रोपनी सार्वजनिक जग्गा मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराज सहित १३ जनाले काठमाडौं स्थित घट्टेकुलो पछाडि पट्टी रहेको धोबीखोला करीरोड क्षेत्रको सडक छेउमा सरकारी जग्गा हडपेको पाईएको छ। एकै जनाले ३ रोपनीसम्म सरकारी जग्गा हडपेको नापी नक्साले देखाएको छ। सरकारी जग्गा हडप्नेहरू
१.मधेस प्रदेश पुर्व प्रमुख राजेश झा अहिराज,,

२.भुमाफिए भनेर चिनिने इन्द्रकुमार चाम्लिङ,,
३.एमाले नेता हेमराज घिसिङ,,
४.मेडिकल दुर्गा प्रशाईका भाई युवराज प्रशाई,,
५.अस्टमान महर्जन,,
६.छेमा राई,,
७.अर्चना पोखरेल,,
७ -रोपनी सरकारी जग्गा हडपेर खाने भिआईपीहरू कसले कति जमिन हडपेका छन ?
१. मधेस प्रदेशका पुर्व प्रमुख राजेश अहिराज
यी घर अरू कसैले हैन आफुलाई बुद्धिजीवी ठान्ने मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजले सिट नम्बर १०२-११४६-०२ कित्ता नम्बर-४३१ को दुई आना सरकारी जग्गा हडपेर बनाईएका घर हुन। यि घरबाटा अहिराजले मासिक एक लाखसम्म घरभाडा उठाउछन। ४३१ नम्बर कित्ता सगै रहेको ४३८ र ४३९ नम्बर अर्को कित्ता नम्बर भएको जग्गामा अहिराजले अर्को साँढे पाच तले घर बनाएका छन।
घर बनेको जग्गा जुन सरकारी जग्गा हो। नापी कार्यालयको बिलबुकमा उक्त कित्ताको जग्गामा पनि साबिक धोबीखोला देखिन्छ। आफूलाई भयानक बुद्धिजीवी ठान्ने अहिराजले खोलाको जमिन हडप्न समेत छाडेका छैनन्। बर्षो देखि यसरी सरकारी जग्गामा घर बनाएर मधेस प्रमुख राजेश अहिराजले राज्यको सम्पतिमा लुट धन्दा चलाएका त छ नै सरकारी जग्गा कब्जा गरि लुट मच्चाउने मात्र नभएर अहिराजले लाखौ रूपैयाँ भाडा पनि असुल गर्दै आएका छन।
२.भुमाफिए भनेर चिनिने इन्द्रकुमार चाम्लिङ
यही धोबी खोलाको सरकारी जग्गा हडप्ने अर्का मुख्य नाईके हुन ईन्द्रकुमार चाम्लिङ सुन्दा अचम्म लाग्न सक्छ उनले दुईचार आना हैन झण्डै ३ रोपनी सरकारी जग्गा कब्जा गरेका छन। यी घरहरू हेर्नुहोस यि सबै घरहरू चाम्लिङले सरकारी जमिन हडपेर बनाएका घर हुन। ईन्द्रकुमार चाम्लिङले ले यस क्षेत्रको सिट नम्बर १०२-११४६-०१ को कित्ता नम्बर-५४६-५५३-७७१-७७२ कित्ता नम्बरको सरकारी जग्गा हडपेर घर बनाएको नापी नक्सामा स्पष्ट देखिन्छ यति मात्रै चाम्लिङले सिट नम्बर-१०२-११४६-०२२ कित्ता नम्बर-१८१ हडपेर पार्किङ र सटर हालेका छन।
सरकारी उल्लेख रहेको कित्ता नम्बर-४०९ चार तले घर कित्ता नम्बर-६५ मा दुई तले घर कित्ता नम्बर -६६ र १०७ हडपेर चार तले घर बनाई इन्द्रकुमार चाम्लिङले लाखौ भाडा असुल गर्दै आएका छन। यो त्यही घर हो चाम्लिङले सरकारी जग्गा हडपेर बनाएको उनले घरमात्र बनाएका छैनन् उनले चार तले घर बनाउने गरि नक्सा पास गरि आठ तले बिल्डिङ ठड्याएका छन। यो बिल्डिङबाट मात्रै चाम्लिङले मासिक चारलाख भाडा उठाउछन भने सरकारी तिन रोपी भन्दा बढी जमिन कब्जा गरि बनाईएका विभिन्न संरचनाबाट ईन्द्रकुमार चाम्लिङले मासिक लगभग दश लाख रूपैयाँसम्म भाडा उठाउछन।
३.एमाले नेता हेमराज घिसिङ,
ईन्द्रकुमार चाम्लिङ जस्तै अर्का भुमाफिया हुन एमाले नेता हेमराज घिसिङ उनले चाम्लिङ सगै मिलोमतो गरेर चार तले घर बनाई भाडा असुल गर्दै आएका छन।यो त्यही घर हो जुन एमाले नेता हेमराज घिसिङले सरकारी जमिन हडपेर बनाएको यस घरबाट पनि लाख भन्दा बढी भाडा असुल गर्दै आएका छन।
एमाले नेता घिसिङले सरकारी जमिनको कित्ता नम्बर-६६ र १०७ मा यो घर बनाएका छन। यस सगै एमाले घिसिङले राजनीतिक बल समेत प्रयोग गरि धोबीमा सरकारी जग्गा हडपेर अन्य टहराहरू बनाएर भाडा उठाउछन। एक वा दुई हैन १३ जनाले काठमाडौं धोबीखोला क्षेत्रको विभिन्न कित्ता नम्बरको ७ रोपनी सरकार जग्गा हडपेर घर बनाएको वडा कार्यालयले बताएको छ जसबाट उनिहरूले लाखौ डिल गर्छन।
४.मेडिकल दुर्गा प्रशाईका भाई युवराज प्रशाई,,
५.अस्टमान महर्जन सग मिलोमोत गरि सिट नम्बर १०२ -११०६-२२ को सरकारी उल्लेख कित्ता नम्बर-२१४ र ४६४ अस्टमान महर्जन सग संलग्नता गरि युवराज प्रशाईले हडपेर सटर राखी भाडा असुल गरेका छन। मेडिकल ब्यबसायी दुर्गा प्रशाईका भाई समेत रहेका युवराज प्रशाईले सार्वजनिक जग्गा हडपेर तिनवटा सटर र कम्पाउन्ड हालेर बनाएका छन। यसबाट उनले मासिक पचास हजार रूपैयाँ भन्दा बढी भाडा असुल गर्छन।
६.छेमा राई, ७.अर्चना पोखरेल,,
कित्ता नम्बर ४३३-४४७ र ४४९ सरकारी कित्ता भएको जग्गा छेमा राईले कब्जा गरेकि छिन। भने कित्ता नम्बर- १ एकमा अर्चना पोखरेल ले सटर हालेर भाडा असुल गर्छिन। सरकारी तथ्याङ्क अनुसार मात्रै धोबीखोलाको ७ रोपनी सरकारी जमिन अतिक्रमण भएको छ। बर्षो देखि भुमाफिया हरू ले हडपेको यो क्षेत्रको सरकारी जमिन अतिक्रमण हटाउन तर्फ कुनै सरकारी निकायको ध्यान छैन। भुमाफियाहरूहरूले सरकारी जग्गा हडपेर बनाएका अवैध संरचनामा मेयर बालेन साहले डोजर चलाइ दिए राज्यको सार्वजनिक संम्पतिमा भएको चर्म अतिक्रमण हट्ने थियो। भुमाफियाहरूले सरकारी जग्गा हडपेर अतिक्रमण गरेको बारे थप हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस्