
काठमाडौं: आक्रोशित हुदै नेपालबाट भारतको लखिमपुर पुगेका नेपाली हात्तीहरूले किसानहरूको बालि क्षतिग्रस्त बनाएका छन । सोमबार राति महेशपुर दायरा छोडेर हात्तीको बथान बिहारीपुर पुगेका थिए । हात्तीले उखु र धानको बाली नष्ट गरेका हुन । जङ्गल र खोलाको फेदमा रहेको प्रसिद्ध माता भुइयादेवी मन्दिरको ढोका फुटाएका छन भने हात्तीको बथानले बाली नष्ट गरिरहेका छन ।
अहिले भारतको शेहजनिया, देवीपुर, महेशपुर क्षेत्रहरूको खेतहरूमा नेपाली हात्तीको बथान छ । हात्ती अगाडि बढ्नुको साटो पछाडि सर्दै बालीमा क्षति पुर्याइरहेका छन । हात्तीहरू दुई दिनअघि नेपालबाट भारतको लखिमपुर पुगेका थिए ।

सुन्दरपुर, गंगापुर, प्रवस्त नगरका किसानहरूले हात्तीको बथान रोक्नको लागी बाटो अवरुद्ध पारेर हड्ताल गरेर आफ्नो क्षेत्रमा हात्ती नआओस् बाली जोगाउन सकियोस् भन्ने किसानको प्रयास थियो ।
तर हात्तीको बथान रोक्न सकेनन्। नेपालबाट भारत पुगेका हात्तीले भुइया मन्दिरको गेट तोडेर हंगामा मच्चाएका छन । जसका कारण हात्तीहरू अगाडि बढ्नुको सट्टा पछाडि फर्किर थप आक्रोशित भएको किसानहरूले बताए ।
अहिले हात्तीहरू गोला-मोहम्मदी राजमार्ग पार गरेर बिहारीपुर पुगेका छन । किसान राजपाल सिंह, हरविन्दर सिंह, इन्दरजीत सिंह, अमरिक, गुरुदयाल सिंह, इकबाल सिंह आदिले उखु र धान बालीमा नेपाली हात्ती आएर खेती बाली नष्ट गरी गेट तोडेर नेपाल फर्किएको बताएका छन।

प्रतिक्रिया दिनुहोस्