
बंगलादेश, बंगलादेशमा रहेका दुई रोहिंग्या शरणार्थी शिविरका नेताहरूलाई रोहिंग्याहरूसकै एक समूहले आक्रमण गरेको प्रहरीले जनाएको हो ।
स्रोतअनुसार म्यानमारमा लडिरहेको विद्रोही समूह हत्यामा संलग्न हुन सक्ने संकेत गरिएको छ ।
बंगलादेशमा प्रहरीले आइतवार दुई रोहिंग्या नेताको भीडले हत्या गरेको बताएको छ । शिविरहरूको फराकिलो सेटमा रहेका झण्डै १० लाख रोहिंग्या शरणार्थीहरू थप असुरक्षित छन ।

प्रहरी प्रवक्ता फारुक अहमदले शनिबार अबेर राति क्याम्प १३ मा दुईजना रोहिंग्या नेताको हत्या भएको बताएका हुन । उनले हालैका महिनाहरूमा भएका घटना मध्य रोहिंग्या नेताहरूमा भएको आक्रमण धेरै खराब आक्रमणको रूपमा वर्णन गरेका छन ।
एक दर्जनभन्दा बढी रोहिंग्या विद्रोहीहरूले क्याम्प १३ का ३८ वर्षीय मौलवी मोहम्मद युनुस र ३८ वर्षीय मोहम्मद अनवरको हत्या गरियो ।
जस मध्य युनुसको घटनास्थलमै मृत्यु भएको थियो भने अमवारको अस्पतालमा मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म कसैलाई पनि हिरासतमा लिइएको छैन ।
आक्रमणको जिम्मेवारी को ? म्यानमारमा सेनासँग लडिरहेको विद्रोही समूह अराकान रोहिंग्या साल्भेसन एआरएसए दोषी भएको प्रहरीको उच्च तहले एएफपीलाई बताएको छ । म्यानमारको आन्तरिक द्वन्द्वले रोहिंग्याहरू असुरक्षित भएका छन ।
अहिले किन बढ्दैछ हिंसा ? मेथाम्फेटामाइन र क्याफिनको अवैध लागुऔषधको व्यापार नियन्त्रणका लागि लडिरहेका छन्। केही समयदेखि टर्फमा लडाइँहरू भएका छन् अधिकारीका अनुसार हालका महिनाहरूमा मंगलादेशमा हत्या हिंसा वृद्धि भएको छ । शरणार्थीहरू मध्येका नागरिक नेताहरूलाई विशेष रूपमा लक्षित गरिएको छ । केहीलाई अपहरण गरिएको छ भने अरू मारिएका छन् ।
को हुन रोहिंग्या ? म्यानमारको सेनाले गरेको क्रूर दमनले म्यानमारको रखाइन राज्यबाट छिमेकी बंगलादेशमा २०१७ मा ७ लाख भन्दा बढी रोहिंग्या भाग्न बाध्य भएका थिए । रोहिंग्या बंगलादेश प्रवेश गरेको पाच बर्षषपछि रोहिंग्याको जनसङ्ख्या ७ लाख बाट १० लाख पुगेको छ । – इरानको एभिन जेलमा महसा अमिनीको मृत्यु पछि जेलमा आगलागी र झडप भयो ।

प्रतिक्रिया दिनुहोस्