युवराज्ञी हिमानी शाह र मेयर बालेन शाहको चस्मा हटाएर भयो भेटघाट,

नेपाल कलम
नेपाल कलम ७ कार्तिक २०७९ सोमबार ०९:२९
1 Min Read
Aa

काठमाडौं, युवराज्ञी हिमानी शाह र काठमाडौं महानगरका मेयर बालेन शाहको भेटघाट भएको छ । काठमाडौंमा कतार दूतावासले आयोजना गरेको एक कार्यक्रममा बालेन हिमानी बिच भेटघाट भएको थियो ।

मेयर बालेन  शाहले उक्त  कार्यक्रममा युवराज्ञी हिमानी शाहसँग खिचेको तस्विर सार्वजनिक गरेका थिए । उक्त तस्विर सार्वजनिक भएपछि बालेन शाह र युवराज्ञी  हिमानी शाह को तस्विरलाई अर्थपूर्ण रूपले हेरिएको छ । भने उक्त तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

बालेन शाहले स्थानीय चुनाव लड्दा होस वा सञ्चारमाध्यममा अन्तर्वार्ता  दिदा उनले आफ्नो कालो चस्मा  नहटाउने बताउदै आएका थिए ।

prime Times DH जनता जान्न चाहन्छन टेलिभिजनमा प्रसारण कार्यक्रममा पत्रकार ऋषि धमलाले  बालेनलाई चस्मा हटाउन  किन मिल्दैन भनेर प्रश्न गरेपछि बालेनले चस्मा हटाउदा आफुलाई असहज हुने  भएकाले चस्मा  हटाउन नमिल्ने  बताउदै आएका मेयर बालेनले युवराज्ञी हिमानी  शाह सग  भने कालो चस्मा  हटाएर  तस्विर खिचेका  छन ।

खिचेको तस्विर उनि आफैले सार्वजनिक गरे । तस्विर सार्वजनिक भएपछि बालेन माथि विभिन्न टिक्का टिप्पणी सुरू भएको छ । काठमाडौंमा कतार दूतावासले आयोजना गरेको कार्यक्रम  मार्फत  महानगर मेयर बालेन शाह र युवराज्ञी हिमानी शाह को भेटघाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्