लक्ष्मी पूजा गरेर होईन श्रम गरे धन प्राप्त हुन्छ । मेयर हर्क साम्पाङ

नेपाल कलम
नेपाल कलम ८ कार्तिक २०७९ मंगलवार ०७:५८
1 Min Read
Aa

धरान, स्वतन्त्रबाट लौरो चिन्ह लिएर धरानबाट मेयरमा निर्वाचित भएका हर्क साम्पाङ मेयर भएदेखि नै विवादित विभिन्न टिप्पणी गर्नाले आफ्नो क्षवी धमिलो बनाउदै गएका छन ।

उनले फेसबुकमार्फत एउटा स्टाटस पोष्ट गरे उनले स्टाटसमा लेखेका छन। परम्परालाई सम्मान त गर्नै पर्छ तर लक्ष्मीको पूजा गरेर होइन । श्रम गरेर पसिना बगाएर चाहिँ धनमान प्राप्त हुन्छ ।

हर्क साम्पाङको स्टाटसले हिन्दु परम्परामाथि आक्रमण गर्न खोजेको भनि फेसबुक प्रयोग कर्ताहरूले साम्पाङ माथि आक्रोशित भएर प्रतिकृया दिएका छन ।

श्रम दान  एउटा पाटो र परम्परा  अर्को पाटो  भएको हुनाले मेयर जस्तो एउटा गरिमय पदमा बसेर अमर्यादित ढङ्गले यस्ता गैरजिम्मेवार बिचार  राखेको  भनि  स्रोत  आक्रोशित भएको  छ ।सबको आ-आफ्नै आस्था फरक फरक हुन्छ सबैको आस्थालाई कदर गरिनुपर्छ तर जिम्मेवारी ब्यक्तिबाट यस किसमको बिचार आउनु राम्रो भने होईन। 

सामाजिक सद्भावनामा खलखलाट ल्याउने गरि मेयर हेर्क साम्पाङले धार्मिकता र श्रम दानलाई जोडेर आज बिहान स्टाटस लेखेका छन ।

यसरी नै उनि विवादमा पर्दै र स्वच्छ छवि धमिलो गराउदै गएका छन । उनीप्रत विश्वास गर्नेको संख्या हिजो हजारौ थियो  आज त्यो संख्या कमै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्