आमा खाडी मुलुकनै भएपनी विदेश जाँदै छु है पैसा कमायो भने फर्केर अवश्य घर आउने छु।

नेपाल कलम
नेपाल कलम ९ पुष २०७९ शनिबार ०५:५३
1 Min Read
Aa

रूकुम: कलिलै उमेरमा घर व्यवहारले थिचिएर विदेश जान बाध्य उनीहरू हुन् रुकुम पश्चिमका टेकराज विक र शिवलाल ओली। झट्ट हेर्दा बालक देखिने उनीहरूको आमाबुवाकै काखमा रमाउने, विद्यालयमा पढ्ने उमेर हो।

तर, बालकैमा बिदेसिनुको अथाह पीडा र पढ्ने उमेरमा खाँडी जानुको बाध्यता आइलागेको छ। सोही क्रममा उनीहरूले बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल छोड्नु अघि खिचेको फोटो एकाएक चर्चामा आएको हो।उनीहरू वैदेशिक रोजगारीको लागि मलेसिया जाँदै थिए।

चौरजहारी नगरपालिका वडा नम्बर १३ का जगवीर कामी र गौरी नेपालीका कान्छा छोरा हुन् टेकराज विक। यमबहादुर ओली र आमा मनकुमारी ओलीका छोरा हुन् शिवलाल ओली। घरमा बिहान बेलुका चुल्हो बाल्ने अवस्था नभएपछि विदेश गएका हुन्।

विदेश जादै गर्दाको विमानस्थलको फोटो भाइरल भएपछी यि दुई मध्ये एक जनाले आफ्नो सामाजिक सन्जालमा यसो भनेका छन् । आमा खाडी मुलुकनै भएपनी विदेश जाँदै छु है पैसा कमायो भने फर्केर अवश्य घर आउने छु। तपाईंको प्यारो छोरो पैसा कमाएर घर आउने छ। उनले आफ्नो समाजिक संजालमा लेखाछन।

मा यसैगरी कलिलै उमेरका युवा समेत बाहिरिदै जाने हो भने देशको अस्तित्व नमेटिएला भन्न सक्दैन । सामाजिक सञ्जालमा यो तस्विरले भावुक बनाएको छ। यो उमेरमा वैदेशिक रोजगारको लागि देश छाड्नु  दयनीय अवस्था हो। 

प्रतिक्रिया दिनुहोस्