गठबन्धनमा सत्ताकै किचलो : ‘पहिलो प्रधानमन्त्री’ मै गाँठो

नेपाल कलम
नेपाल कलम १० पुष २०७९ आईतवार ०२:१४
1 Min Read
Aa

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा सहमति नहुँदा सरकार निर्माणप्रतिको गठबन्धन बैठक किचलोमै सीमित बनेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन बैठक ‘राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसको अडान कायम रहे’ पछि बिना निष्कर्ष टुंगिएको छ ।

कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले ‘पहिलो चरणमा प्रधानमन्त्री’ मा आ–आफ्नो दाबी नछाड्दा सरकार गठन विषय झनै पेचिलो बन्दै गएको छ ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दलहरूलाई दिएको सात दिनको समय आजै साँझ ५ बजे सकिँदै छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्