
काठमाडौं: रवि लामिछानेले नागरिकता प्रकरणमा ‘प्रक्रियागत त्रुटि’ गरेको देखियो । तर, संविधानको शब्द र मर्म अनुसार उनको नागरिकता नेपाली नै हो । त्यही प्रक्रियागत त्रुटिलाई अपराधको रूपमा व्याख्या गरेर कानुनी तरवार उनको घाँटीमा बाँधिराख्ने कोसिस भयो नारायणल भने,
उनले चुनाब जितेपछि या आकर्षक पद पाएपछि अमेरिकी नागरिकता त्यागेका होइनन् । उनमा देशभित्रै सङ्घर्ष गर्ने जुनून र केही बन्ने महत्त्वाकाङ्क्षा थियो जसका लागि उनले सकेको मिहिनेत गरे र प्राप्त हरेक अवसरको पूर्ण सदुपयोग गरे । सबैको सङ्घर्ष सफल हुन्छ भन्ने छैन, तर संयोगवश उनको भयो ।

कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएको भए उक्त नागरिकता त्याग्नासाथ उसको पुरानै नागरिकता कायम हुने व्यवस्था हो । यो मूल मर्मको रविले पालना गरेका छन् । उनी क़ानुनत: नेपाली नागरिक हुन् । पुरानै नागरिकता कायम भए पनि प्रमाणपत्र नयाँ लिन पर्ने व्यवस्था रहेछ । यत्ति हो, नयाँ नागरिकताको प्रमाणपत्र लिने प्रक्रियामा उनले होस पुऱ्याएनन् । यो कुनै गलत नियतवश भएको देखिन्न । यो कीर्ते, भ्रष्टाचार, ठगी या बेइमानीजस्तो अपराध होइन ।
तर, यो विषय बल्झिरहँदा अन्य राष्ट्रिय मुद्दामा फोकस हुन सजिलो थिएन । नचाहेमा यत्ति एउटा प्राविधिक त्रुटिकै आधारमा पनि कसैको पूरै व्यक्तित्व सिध्याउन सक्ने या चाहेको खण्डमा जेलमा रहेका अपराधीलाई फूलमाला सहित सिंहदरबार पुऱ्याउन सक्ने संस्थापन छ हामीसँग भन्ने सबैलाई थाहा छ ।
सरकारमा जाँदा उनको यो तरबार निष्क्रिय हुन्थ्यो तर सरकारबाहेक पनि तेस्रो पक्ष अदालत जान सक्ने हुँदा उनलाई एमाले सहितको गठबन्धनबाट सरकारमा जानु बढ़ी सुरक्षित देखियो उनले भने अहिले कामु तथा बन्दै गरेका प्रधानन्यायाधीश हरिकृष्ण कार्की एमालेको कोटाबाट न्यायाधीश बनेका व्यक्ति हुन् । उनी केपी ओली प्रधानमन्त्री बन्दा महान्यायाधिवक्ता बनेका थिए ।
बीचमैं ओली सरकारले प्रधानन्यायाधीशको रोलक्रममा राखेर न्यायाधीश बनाएको थियो । दल, न्यायालय र न्यायाधीशबीच न्यायको व्याख्या र सम्बन्ध कस्तो हुन्छ, हामी सबैले विगतमा देखेकै छौं । अहिलेको गठबन्धनमा हुँदा उनलाई यो रिस्क पनि कम हुने देखिन्छ । कांग्रेसले माओवादी र समाजवादीबाहेक अरूलाई महत्त्व दिएर सत्ता साझेदारीको प्रयास गरेको पनि देखिएको थिएन ।
उनले आफूविरुद्ध छानबिन गरिरहेको गृहमन्त्रालय चलाउँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ त देखिन्छ तर यसले देशलाई कुनै नोक्सान गर्दैन । नयाँ जोश, नयाँ पुस्ताको बृहत् समर्थन र म्यान्डेटलाई कायम राख्दै उनले केही सुधार गर्न सके भने देशलाई फाइदै हुन्छ ।
उनी सरकारमा जान अलि हतारमा देखिएको अनुभव केहीलाई भएको छ । नीति, मुद्दा या सैद्धान्तिक विषयमा व्यापक छलफल र सम्झौता गरेर नभई पदको बार्गेनिङ्मा हाम्फालेकोमा केहीको असन्तुष्टि देखिन्छ । तर, सरकारबाहिर एउटा सांसदको भूमिकामा मात्रै रहँदा उनीभित्रको सम्भावना खेर जाने डर पनि थियो ।
उनी नीतिनिर्माणको भूमिकामा निर्वाचित भएपनि देखिने काम गर्नुपर्ने सामाजिक प्रेसरले गर्दा ‘अनुगमन र निर्देशन’ वाला पुरानै पपुलर फण्डामा फस्दै जाने सम्भावना थियो । विपक्षमा उनको स्वर मिडियामा त सुनिएला, कानुनमा अनुमोदन हुने अवस्था थिएन । नारायण गाउँललेपाँ भने पच वर्षसम्म यो मोमेन्टमलाई जिउँदो राख्नु पनि ठूलै चुनौती थियो ।
र पनि सामाजिक सञ्जाल केलाउँदा उनको लोकप्रियताको सुई अलिकति पछाडि फर्केको देखिन्छ । सञ्जालले कसरी सोच्छ र धारणा बनाउँछ भन्ने तरल व्याकरण बुझ्न सरल छैन । नभुलौं, उनको लोकप्रियतामा सामाजिक सञ्जालकै भूमिका थियो ।
उनले अहिलेको ड्यामेज कन्ट्रोल हुने गरी काम गर्नु आवश्यक छ । यसका लागि उनीसँग समय र साधनस्रोत दुबै उपलब्ध छ । चुनाबमा शानदार जीतपछि रोजेको मन्त्रालयसहित उपप्रधानमन्त्री बन्नु उनको ठूलो व्यक्तिगत सफलता हो । यो सफलतालाई धेरै आशावादी नागरिकको सफलतामा अनुवाद गर्न रवि सफल होऊन् भन्ने शुभकामना छ ! उनी रास्वपाका नेता होलान्, तर मेरा गृहमन्त्री र उपप्रधानमन्त्री पनि हुन् । उनलाई हार्दिक बधाई !

प्रतिक्रिया दिनुहोस्