हुस्सुका कारण चीनकाे हेनान प्रान्तमा २०० सवारी फसे, दर्जनौँ घाइते

नेपाल कलम
नेपाल कलम १४ पुष २०७९ बिहीबार ०२:०८
1 Min Read
Aa

एजेन्सी । मध्य चीनको हेनान प्रान्तको झेनझोउ सहरको एउटा पुलमा बुधबार बिहान अत्यधिक हुस्सुका कारण दर्जनौं सवारी साधनहरू ठोकिनुका साथै ठूला कारको थुप्रोमा ठोकिएका छन् ।

सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरूमा झोनझोउ हुवांगे पुलमा धेरै कारहरू र ट्रकहरू एकै ठाउँमा थुप्रिएको देख्न सकिन्छ । चिनियाँ समाचार संस्था सीसीटीभीकाका अनुसार दुर्घटनामा धेरै मानिस घाइते भएका छन भने पुलमा अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । दुर्घटनामा मृत्यु भएको विवरण भने सार्वजनिक भएको छैन ।

घटनास्थलमा रहेका उद्धारकर्ताहरूको प्रारम्भिक अनुमानमा २०० भन्दा बढी सवारी साधन थिए र घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय टेलिभिजनले जनाएको छ ।

स्थानीय मौसम विज्ञान सेवाका अनुसार झेंग्झाउ लगायतका धेरै क्षेत्रमा भिजिबिलिटी ५०० मिटर र केही क्षेत्रमा २०० मिटरभन्दा कम थियो ।

प्रतिक्रिया दिनुहोस्