बेमौसमी वर्षा र क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो

नेपाल कलम
नेपाल कलम १५ पुष २०७९ शुक्रबार ०२:३४
1 Min Read
Aa

काठमाडौं । गत असोजमा बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष साढे ३ लाख मेट्रिकटनको धान उत्पादन बढेको हो ।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमान अनुसार यस वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान उत्पादन भएको अनुमान छ । आर्थिक वर्ष २०७८/०७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिकटन उत्पादन भएको थियो । यो उत्पादन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिकटन धेरै हो ।

यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गत वर्षको भन्दा ६.९४ प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्