किसानलाई बिनाब्याज ५५ करोड बिउ पुँजी

नेपाल कलम
नेपाल कलम २० पुष २०७९ बुधबार ०२:०७
1 Min Read
Aa

 

हेटौंडा । यसअघि किसानलाई दिँदै आइएको अनुदान कटौती गर्दै बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षबाट कृषि व्यवसाय सञ्चालनका लागि बिनाव्याज बिउ पुँजी उपलब्ध गराउने भएको छ ।

चालू आर्थिक वर्ष २०७९/ ०८० मा मन्त्रालयले बिउ पुँजी उपलब्ध गराउन करिब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विनीयोजित बजेट कार्यान्वयन गर्न बिउ पुँजी परिचालन कार्याविधि र मापदण्डसमेत बनाइसकेको मन्त्रालय मातहतमा कार्यालयमार्फत यो पुँजी लिन इच्छुक सहकारी तथा निजी कृषि फर्मलाई आह्वान गरेको छ ।

मन्त्रालय मातहत रहेका ८ वटा भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र, ७ वटा कृषि ज्ञान केन्द्र, २ निर्देशनालय र दुग्ध बिकास बोर्डमार्फत छ्ट्टाछ्ट्टै सूचना जारी गरी बिउ पुँजी लिन सशकारी तथा निजी फर्महरुलाई आह्वान गरेको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्