पाँच सरकारी कार्यालयमा निर्माण संघको ज्ञापनपत्र

नेपाल कलम
नेपाल कलम ११ श्रावण २०८० बिहीबार १९:३१
1 Min Read
Aa

मकवानपुरका निर्माण व्यवसायीहरुले नौ बुँदे माग राख्दै मकवानपुर जिल्लास्थित सरकारी कार्यालयहरुमा ज्ञापनपत्र बुझाएका छन् ।
निर्माण व्यवसायी संघ मकवानपुरको अगुवाइमा बिहीबार सहरी विकास तथा भवन कार्यालय, सडक डिभिजन कार्यालय, सङघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, हेटौँडा, जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र यातायात पूर्वाधार निर्देशनालय हेटौँडामा ज्ञापनपत्र बुझाइएको हो ।
निर्माण व्यवसायी संघ मकवानपुरले उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था रोक्नुपर्ने, रोकिएको भुक्तानी तत्काल पाउनु पर्नेलगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।
निर्माण व्यवसायी संघ मकवानपुरका कार्यबाहक अध्यक्ष सागर कटुवालको नेतृत्वमा गएको टोलीमा सङ्घका द्धितीय उपाध्यक्ष भवनाथ अधिकारी, तृतीय उपाध्यक्ष भीमसेन श्रेष्ठ, महासचिव राजेन्द्रप्रसाद चौलागाई, उपमहासचिव दिनेश पनेरु, कोषाध्यक्ष अनल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्