हेटौँडा सडक विस्तार श्रावण २९ सम्म पुनः रोकियो

नेपाल कलम
नेपाल कलम २२ श्रावण २०८० सोमबार ०९:५१
1 Min Read
Aa

मकवानपुरमा लामो समयबाट विवादको केन्द्रको रुपमा रहेको हेटौँडा सडक विस्तार कार्य श्रावण २९ सम्म पुनः रोकिएको छ । सडक विस्तारको विषयमा सर्वोच्च अदालतले साउन २१ गते आइतबारका लागि तोकेको पेशी हेर्न नमिल्नेमा परेपछि आगामी साउन २९ गतेसम्मको लागि सारेपछि विस्तारको विषय श्रावण २९ सम्मको लागि बहसको विषय मात्र बनेको हो ।

सर्वोच्चले आइतबारका लागि पेशी तोक्दै सडक विस्तारमा सर्वपक्षीय छलफलका लागि उपस्थित हुन आदेश गरेको थियो । सर्वोच्चले गत साउन ८ मा जारी गरेको अल्पकालीन अन्तरिम आदेशले सडक विस्तार कार्य रोकिँदै आएको थियो ।
सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा बजार आसपासको जमिनमा रहेका घरटहरा लगायतका संरचना हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद गत साउन १५ गते सकिएको छ । डिभिजनले श्रावण १६ बाट बिस्तार अभियान सुरु गर्ने भन्दै ६० वटा डोजर सहितका सामग्री तयारी अवस्थामा रहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्