मकवानपुरमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु, ६ बेपत्ता

नेपाल कलम
नेपाल कलम २३ श्रावण २०८० मंगलवार ०९:२२
1 Min Read
Aa

मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्