
हेटौंडा\ बागमती प्रदेशमा पच्छिलो समय देशभर गाइभैसीमा महामारीको रुपमा फैलिएको लम्पी स्किन संक्रमणलाई मध्यनजर गर्दे बुधाबारदेखि लम्पी स्किन डिजिज् विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास निर्देशानलयले भोलि (बुधबार) २४ गते देखि ३१ गतेसम्म प्रदेशका १३ वटै जिल्लामा एकसाथ खोप अभियान सुरु गर्न लागेको हो ।
बुधाबार मन्त्रालयमा आयोजित पक्रकार सम्मेलन कार्यत्रममा बोल्दै मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले खोप अभियान प्रदेशका १३ वटै जिल्लाहरुका स्थिानीय तहहरुको समवन्यमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत कार्यक्रम संचालन हुने बताएका हुन । उनका अनुसार ऊक्त कार्यत्रमका लागी प्रत्येक स्थानिय तहहरुको आवश्यकता अनुसार स्थानिय तहको समवन्यमा विज्ञ केन्द्र मार्फत भ्याक्सिनेटरहरु समेत नियुक्त गरिएको बताए ।

प्रदेशमा १३ जिल्लामा किसानहरुले पालेका करिब १० लाख ९९ हजार ४ सय ६० गाई,८ लाख १६ हजार २ सय भैसी रहेका छन । यस्तै उक्त गाईभेसीबाट प्रदेशभर दैनिक ५ लाख ४४ हजार १५१ मे.टन दुध उत्पादन हुदै आएको मन्त्रालयले जनाएको छ । लम्पी स्कृन संक्रमण फैलिएसंगै सबैभन्दा बढी प्रदेशको काभ्रे जिल्ला सबैभन्दा वढी प्रभावित भएको छ । काभ्रेमा २७ हजार २ सय ९९ पशु चैपयामा संक्रमण देखिएको छ भने ६ सय ८१ वटाको मुत्यु भएको छ यस्तै सिन्धुपाल्चोकमा १४ हजार १ सय ४२ वटामा संक्रमण देखिएकोमा हालसम्म ८ सय ९६ वटाको मुत्यु भएको छ ,दोलखामा हालसम्म २० हजार ९ सय ४८ वटमा संक्रमण देखिएको छ । जसमध्ये ४ सय ९२ वटा मुत्यु भएको छ । यस्तै सिन्धुलीमा ६ हजार ८ सय ५१ वटामा संक्रमण देखिएकोमा हालसम्म ६ सय ८६ वटा मुत्यु भएका छन ।
यस्तै,रामेछापमा २ हजार ३ वटामा संक्रमण देखिएकोमा हालसम्म २ सय २९ वटा मुत्यु भएका छन । मकवानपुरमा १३ हजार ४ सय ५४ वटामा संक्रमण देखिएकोमा हालसम्म ५ सय ५६ वटाको मुत्यु भएको छ । यस्तै चितवनमा १ हजार २ सय ६९ वटामा संक्रमण देखिएकोमा हालसम्म २ सय ५२ वटाको मुत्यु भएको छ । धादिङमा ६ हजार ५ सय ४५ वटामा संक्रमण देखिएकोमा हालसम्म ६ सय ८४ वटाको मुत्यु भएको छ । नुवाकोटमा ४ हजार १ सय ८२ वटामा संक्रमण देखिएकोमा हालसम्म ७ सय ७२ वटाको मुत्यु भएको छ । यस्तै रसुवमा ६ सय ६४ वटामा संक्रमण देखिएकोमा हालसम्म १ सय ८० वटाको मुत्यु भएको छ । काठमाडौँमा ३ हजार ७ सय ३ वटमा संक्रमण देखिएकोमा हालसम्म ३ सय ८५ वटाको मुत्युभएको छ । यस्तै ललितपुरमा ६ सय ४१ वटामा संक्रमण देखिएकोमा हालसम्म ३ सय ४३ वटा गाईबस्तुको मुत्यु भएको छ ।
भक्तपुरमा ६ हजार १८ वटामा संक्रमण देखिएकोमा हालसम्म ३ सय ४३ वटाको मुत्युभएको छ । प्रदेशमा हालसम्म कुल १ लाख १० हजार ५ सय ५० वटा गाईभेैसीमा संक्रमण देखिएकोमा हालसम्म ६ हजार २ सय ९१ वटाको मुत्यभएको मन्त्रालयको तथ्याङ्गले देखाउन्छ ।
मन्त्रालयले थप लम्पी स्किन संक्रमण फैलिन नदिन प्रदेशका ९१ वटा स्थानीयतहरुमा १ सय ५६ वटा भ्याक्सिनेटर र ५ लाख ८४ हजार ४० वटा खोपको परिणाम पठाईसकेको प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रि डा. राजेन्द्र मान श्रेप्ठले बताए । यो कार्यक्रमको लक्ष्य प्रदेशका १३ वटै जिल्लामा कम्तीमा ५० हजार खोप लगाउने रहेको बताउदै यसपछिपनि यो रोग विरुद्ध दिईन खोपको आवश्यता हेरेर निरन्तरता दिन उनले बताए ।

प्रतिक्रिया दिनुहोस्