बागेश्वरी सहकारीद्वारा महिलालाई धुप बनाउने तालिम

नेपाल कलम
नेपाल कलम २४ श्रावण २०८० बुधबार २१:२३
1 Min Read
Aa

हेटौंडा उपमहानगरपालिका- ११ मा रहेको सहकारीले हेटौंडा ११ का गृहिणी महिलाहरुलाई २ दिने बाटेको धुप बनाउने तालिम दिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताउनुभयो ।

हेटौंडा ११ का ६० जना महिलालाई तालिम दिइएको सहकारीले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले यस्ता कार्यक्रम आगामी दिनमा पनि संचालन गर्ने श्रेष्ठले बताउनुभयो।

कार्यक्रममा सिता मानन्धरले सहजीकरण गर्नुभएको थियो । तालिमको सोमबार समापन गरिएको हो । समापन कार्यक्रममा सहकारीमा अध्यक्ष आसा कुमारी अधिकारी, टोल विकास सस्था वडा समन्वय समिति हेटौंडा-११ का अध्यक्ष यज्ञ बहादुर आचार्य, सिमलटार टोल विकास सस्थाका अध्यक्ष सूर्यमान लामा, सुन्दरलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्