
हेटाैँडा/नेकपा एमाले पाेलिटव्यूराे सदस्य तथा मकवानपुर ईन्चार्ज देवी ज्ञवालीले राष्ट्रलाई संकटबाट जाेगाउने जिम्मा नेकपा एमालेकाे भएकाे बताउनु भएकाे छ । नेकपा एमाले ४ नं. वडा कमिटीद्वारा आयाेजित पार्टी प्रवेश कार्यक्रममा बाेल्दै मुलुककाे राष्ट्रियता, अर्थतन्त्र र जनजिविका संकटमा परेकाेले यसलाई पार लगाउन नेकपा एमालेकाे नेतृत्व आवश्यक रहेकाे बताउनु भयाे ।
नेकपा एमाले पाेलिटव्यूराे सदस्य तथा मकवानपुर ईन्चार्ज देवी ज्ञवालीले राष्ट्रलाई संकटबाट जाेगाउने जिम्मा नेकपा एमालेकाे भएकाे बताउनु भएकाे छ । नेकपा एमाले ४ नं. वडा कमिटीद्वारा आयाेजित पार्टी प्रवेश कार्यक्रममा बाेल्दै मुलुककाे राष्ट्रियता, अर्थतन्त्र र जनजिविका संकटमा परेकाेले यसलाई पार लगाउन नेकपा एमालेकाे नेतृत्व आवश्यक रहेकाे बताउनु भयाे ।

नेकपा एकीकृत समाजवादीका ४ नं. वडा अध्यक्ष, नेपाल खेलकुद महासंघ, (समाजवादी) का केन्द्रीय सदस्य, निरजसिं ठकुरी नेकपा एमालेमा फर्किनु भएकाे भने नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा तरूण दलका ४ नं. वडा सचिव निराेज बानियाँसहित राेसन क्षेत्री, विशाल न्याैपानेलगायत प्रवेश गर्नुभएकाे वडा पार्टी सचिव प्रकाश सुवेदीले जानकारी दिनुभयाे । एमालेमा फर्कने क्रममा ठकुरीले कम्युनिष्ट पार्टी अब टुटफुट नभई नेकपा एमालेकाे मूलप्रवाहमा समाहित हुनुपर्ने बताउनुभयाे ।
वडा अध्यक्ष राजेन्द्र बस्ताकाेटीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टी नेता केदार न्याैपाने, प्रदेश कमिटी सदस्य, श्रीधर पाेखरेल, जिल्ला सचिव नवीन सिग्देल, उपसचिव हिदम लामासहित नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्