हेटौंडामा क्यानका केन्द्रिय सचीबमाथी मोबिल छ्यापियो

नेपाल कलम
नेपाल कलम २७ श्रावण २०८० शनिबार १४:३८
1 Min Read
Aa

मकवानपुर क्रिकेट संघ (क्यान) मकवानपुरको जिल्ला अधिवेशनमा आएका क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि कालो तरल पदर्थ(मोबिल)छ्यापिएको छ ।

शनिबार बिहान हेटौंडामा जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेका हुन्।

स्कुटरमा आएका दुई जनाले पाठक खाना आइरहेको बेलामा मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेक कार्कीले जानकारी दिए।

‘खाना खाइरहेको बेलामा आएका दुई जनाले छ्यापेर भागेका छन्,’ उनले भने। केही मोबिल पाठकको कपडामा लागेको छ।

घटनापछि प्रहरी कार्यालयमा पाठकले निवेदन समेत दिएका छन्। मोबिल छ्याप्ने व्यक्तिहरूको पहिचान नखुले पनि सिसिटिभी फुटेज भेटिएको छ।

प्रहरीले फुटेजको आधारमा उनीहरूको खोजी गरिरहेको छ । अहिले अधिवेशन स्थलमा प्रहरी तैनाथ गरिएको छ । प्रहरीले ती युवाहरुको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्