मकवानपुरमा एकिकृत समाजवादीको बिद्यार्थी संगठन अनेरास्ववियुका ४० जना एमालेमा प्रवेश

नेपाल कलम
नेपाल कलम २७ श्रावण २०८० शनिबार १७:५१
1 Min Read
Aa

मकवानपुरमा एकिकृत समाजवादीको बिद्यार्थी संगठन अनेरास्ववियुका ४० जना एमालेमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी आवद्ध बिद्यार्थी संगठन, अनेरास्वबियुका केन्द्र देखि जिल्ला सम्मका बिद्यार्थीहरु आज एमालेमा प्रवेश गरेका हुन् ।

समाजवादी निकटको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य आकाश अधिकारी, मकवानपुर बहुमुखी क्याम्पसका स्वतनत्त्र बिद्यार्थी युनियनका उपाध्यक्ष रोजन घिमिरे, हेटौंडा क्याक्पस स्ववियु उपाध्यक्ष बिदान आचार्य, जिल्ला कोषाध्यक्ष सुजन ढकाल सहित ४० जना प्रवेश गरेका हुन् ।

प्रवेश गर्ने सबैलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवि ज्ञवालीले, नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण प्रसाद दाहाल, केन्द्रीय नेता डोरमणि पौडेल, केदार न्यौपाने, अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाले टिका र खादा लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।

एमाले मकवानपुरका उपसचिब हिदम लामाले स्वागत गर्नु भएको कार्यक्रममा एमाले प्रदेश कमिटीका सदस्यहरु श्रीधर पोख्रेल, बलराम बल, देवराज रिमाल, अनेरास्ववियुका केन्द्रीय सदस्य समिर बढाल, एमाले मकवानपुरका सचिब नविन सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्