बागमती प्रदेश सभाको बैठक तत्काल बोलाउन एमालेको माग

नेपाल कलम
नेपाल कलम २८ श्रावण २०८० आईतवार १६:२१
2 Min Read
Aa

हेटौंडा/बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । आईतवार एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले जनताका प्रदेशसभा बैठक तत्काल बोलाउन माग गरेको हो ।
नागरिकहरु रोग , भोक र विपद्सँग पनि लडिरहेको बेला सरकार मौन रहेको एमालेको आरोप छ ।
बाढीपहिरोले जताततै क्षति पु¥याइरहेको अवस्थामा जनताहरु चामल, दाल जस्ता दैनिक उपभोग्यवस्तुहरुको महङ्गी बढेर नागरिकहरु तड्पिरहेका बेला सरकार सरकार कहाँ छ ? कसैलाई पत्तो नभएको एमालेको आरोप छ ।

‘अधिकांश मन्त्रीहरु राजधानी हेटौंडा बस्दैनन् । जनताका प्रतिनिधि प्रदेश सभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेश सभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन ,’ एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भने , ‘गर्नुपर्ने धेरै कामहरु छन् तर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित छ, प्रदेश सभालाई विजनेस दिन सकिरहेको छैन । संघीयताका बारेमा सङ्का उत्पन्न भएको तथा चौतर्फी प्रहार भइरहेको वर्तमान अवस्थामा संघीयता काम लाग्दैन भन्ने प्रमाणित गर्नेखालका यस्ता गतिविधिको नेकपा(एमाले) घोर निन्दा गर्दछ । ’

प्रदेश सभाको निर्वाचन सम्पन्न भई प्रदेश सभा सञ्चालन भएको ७ महिना भइसक्दा पनि कुनैपनि संसदीय समितिको पहिलो बैठक नै बस्न नसकेको र मिनी संसद भनिने संसदीय समितिलाई सक्रीय बनाएर सरकारका काम कारबाहीहरुको निगरानी बढाउनुपर्नेमा यो हदको सरकारी लापरबाही आम प्रदेशबासी नागरिकहरु प्रतिको अपमान गरेको एमालेको आरोप छ । आईतवार प्रदेशसभास्थित दलको कार्यालयमा एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले बैठक तत्काल बोलाई आमनागरिकका समस्याहरुका बारेमा उनीहरुका प्रतिनिधिहरुलाई सदनमा छलफल गर्नेे व्यवस्था मिलाउन माग गरेको छ
गत असार २१ गते मुख्यमन्त्री शालीकराम जम्मकट्टेलले बजेट पास गरेपछि प्रदेश सभा बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्