
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा बजार क्षेत्रको सडक विस्तारमा सर्वोच्च अदालतको पेशी पुनः सरेको छ । सर्वोच्च अदालतले साउन २९ गते सोमबारका लागि तोकेको पेशी हेर्न नभ्याइनेमा परेपछि सरेको हो । सर्वोच्चले आगामी भदौ ५ गतेका लागि अर्को पेशी तोकेको छ ।
सोमबारको सवोच्चको पेशी न्यायाधीश अनिलकुमार सिन्हा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलास नम्बर–३ मा परेको थियो ।
उक्त इजलाशमा गत असार ३१ मा सिता कार्कीसमेत ६ जनाले दायर गरेको सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुर विरुद्धको उत्प्रेषण मुद्दामा भएको अल्पकालीन अन्तरिम आदेश, साउन ३ मा मनिष श्रेष्ठ, साउन ४ मा प्रमोद श्रेष्ठ, साउन ७ मा विजयलाल जोशी, भीमसेन श्रेष्ठ, साउन १० मा धर्मकृष्ण श्रेष्ठ, उत्तम शर्मा ढकाल, केशव श्रेष्ठ, रिनाकुमारी दास, साउन ११ मा बलदिपकुमार क्षेत्री, जीवनकुमार मानन्धर, नानु जोशी, साउन १२ मा अबिनाश श्रेष्ठ, वीरेन्द्रलाल गोर्खाली, भिमकुमारी बर्तौला, साउन १४ मा नवीन शाक्य, साउन १५ मा जगतमाया श्रेष्ठ, साउन १७ मा गोविन्द गोर्खालीले दायर गरेको सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुर विरुद्धको उत्प्रेषण रिटको पेशी सरेको हो ।

सर्वोच्चले गत २१ गते तोकिएको सडक विस्तारको उक्त मुद्दाको पेशीमा सर्वपक्षीय छलफलका लागि उपस्थित हुन आदेश गरेको थियो । गत साउन १६ गतेदेखि सो मुद्दाहरुको पेशी लगातार सर्दै आएको छ । १६ गतेका लागि तोकिएको पेशी २१ गतेका लागि सरेको थियो भने २१ गते पनि सो रिटहरु हेर्न नभ्याइनेमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्