लागुऔषधको ‘ट्रान्जिट’ बन्दै मकवानपुर , एक वर्षमा २४८ लागु औषध कारोबारी पक्राउ

नेपाल कलम
नेपाल कलम ३० श्रावण २०८० मंगलवार ११:३५
2 Min Read
Aa

हेटौंडा/मकवानपुरमा पछिल्लो समय धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । दैनिकजसो लागुऔषध कारोबारी गर्नेहरू प्रहरीको फन्दामा परिरहेका छन् । सडक सञ्जालले घेरिएको मकवानपुर छिमेकी मुलुक भारतको सीमा नाका रक्सौलबाट पनि नजिकै छ । जसले गर्दा यहाँ लागुऔषध कारोबार गर्नेहरू धेरै सल्बलाउने गरेका छन् ।

झन् जिल्लाकै विभिन्न स्थानमा लागुऔषध गाँजा र अफिमजस्ता पदार्थ पनि उत्पादन हुने गरेकाले मकवानपुरमा लागुऔषध कारोवार गर्ने र सेवन गर्नेहरूको पनि छुट्टै सक्रियता रहने गरेको छ । जिल्लामा उत्पादन भएको लागुऔषध अन्यत्र बाहिरिने र बाहिर उत्पादन भएको लागुऔषध पनि मकवानपुर हुँदै ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कोरोबार गर्ने २४८ जनालाई पक्राउ गरेको छ । विभिन्न प्रकारको लागुऔषध ओसारपसार गर्ने उनीहरूलाई पक्राउ गरेर १५३ वटा मुद्वा दायर गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । उनको अनुसार पक्राउ पर्नेमा २ सय ५ जना पुरुष र १७ जना महिला गरी २ सय २२ जना नेपाली रहेका छन् भने २३ जना भारतीय पुरुष पनि पक्राउ परेका छन् ।
यसअघि गत आव ०७७/७८ मा पनि मकवानपुर प्रहरीले लागुऔषध कारोबारी गर्ने एकसय ५१ जनालाई पक्राउ गरेको थियो । एकसय ३९ पुरुष र ९ महिला गरी ३ विदेशी नागरिकलाई लागुऔषध कारोवारको आरोपमा पक्राउ गरेको थियो । त्यसैगरी प्रहरीले गत आव २०७९/७९ मा २ सय २५ जनालाई पक्राउ पक्राउ गरेको थियो । २ सय ६ पुरुष र ८ महिला गरी ११ जना विदेशी नागरिकलाई लागुऔषध कारोवारको आरोपमा पक्राउ गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्