
हेटौंडा/मकवानपुर प्रहरीले गत एक वर्षमा ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ । कारोबारको क्रममा रहेको विभिन्न स्थानमा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले विभिन्न प्रकारको लागुऔष बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांक अनुसार ६ हजार ५ किलो ७ सय ६ ग्राम गाँजा र २१ सय किलो चरेश प्रहरीले बरामद गरेको छ ।
त्यस्तैगरि १४ किलो १ सय ६० ग्राम अफिम , ५१ ग्राम ३ सय ४० मिलिग्राम खैरो हेराइन , १५ सय ४० बोतल कारेक्स बरामख गरेको प्रवक्ता कार्कीले बताए । प्रहरीले ४ हजार ४ सय २ ट्याब नाईट्रा भेट र ३ हजार ९ सय ८१ एम्पुल डाईजापाम बरामद गरेको छ भने ४० सवारी साधनसमेत नियन्त्रणमा लिएको छ ।

यस अघि अघिल्लो आव ०७७(०७८ मा मकवानपुर प्रहरीले एकहजार १७ सय ८९ किलो गाँजा , २३ किलो चरेश , १४ किलो अफिम , १४ ग्राम खैरो हिरोईन , ९ सय ४२ बोतल कोरेक्स , २ सय ९६ बोतल नाईट्रा भेट र ९ सय १५ एम्पुल डाईजापाम बरामद गरेको थियो । त्यस्तैगरी, आव २०७८र०७९ मा मकवानपुर प्रहरीले २६ सय ६२ किलो गाँजा , २० किलो चरेश , १२ किलो अफिम , ७५ ग्राम खैरो हिरोईन , ९ सय ४२ बोतल कारेक्स , १२ हजार ६ सय ९७ ट्याव नाईट्राभेट र २८ सय ४४ एम्पुल डाईजापाम बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्