बागमती प्रदेशका मन्त्री मुक्तानलाई बुझाइयो ध्यानाकर्षणपत्र, शिक्षा सम्बन्धी प्रस्तावित कानून संशोधन गर्न माग

नेपाल कलम
नेपाल कलम ३१ श्रावण २०८० बुधबार १५:१०
1 Min Read
Aa

हेटौंडा/ बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानलाई आज ध्यानाकर्षणपत्र मार्फत माग गरिएको छ । शिक्षा सम्बन्धी कानून संशोधन गर्न माग गर्दै मन्त्री मुक्तानलाई ध्यानाकर्षणपत्र बुझाइएको हो ।
सामूदायिक बिद्यालय ब्यवस्थापन समिति महासंघका सचिब महमद समीम सहितको टोलीले मन्त्री मुक्तानलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
मन्त्रीपरिषदमा विचारधीन रहेको शीक्षा सम्बन्धी क़ानून संशोधन र एकीकरण गर्न बनेको विधेयक कुनैपनी सरोकारबालाहरुसंग छलफल र परामर्श बिना नै तयार गरेको ,विधेयक मस्यौदामां विद्यालय ब्यवस्थापन समिति सम्बन्धी ब्यवस्था त्रुटीपूणर् रहेकोले सच्याउका लागि माग गरिएको हो ।
बिद्यालय संचालन र ब्यवस्थापनमा अभिभावकको कुनै पनी सहभागिता संलंग्नता र भूमिका न रहने गरी विधेयक मस्यौदा तयार भएको बुझीएकोले उक्त विधेयकको व्यवस्थाप्रति विद्यालय व्यवस्थापन समिति महासंघ को गंभीर ध्यानआकर्षण भएको जनाउँदै सच्याउनका लागि माग गरिएको हो । वडा अध्यक्ष लाई बिधालय व्यवस्थापन समित को नेतृत्व दीने विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक बिद्यालयको मर्म माथी प्रहार भएको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा सामुदायकों सहभागिताको अधिकार माथी हस्तक्षेप भएको,सामुदायिक बिद्यालय अभिभावक,सामुदायको हातबाट खोसीएकों र समग्र सार्वजनिक शीक्षा प्रणालीलाई नै कमजोर बनाउने खेल भएकोमा बिरोध जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्