
हेटौंडा\हेटौंडा उपमहानगरपालिका वडा नं. ४ शितलमहल चोकमा यहि भदौ २ गते शनिवार देखि दरबार एग्रोमार्ट संचालनमा आउन लागेको हो। एग्रोमार्ट संचालनको तयारी पूरा भएको संचालक सुरज लामाले जानकारी दिएका छ्न ।
एग्रोमार्टका संचालक सुरज लामाले थप्दै हाम्रो मुख्य उदेश्य भनेको सिधै कृषकहरुको फार्म खेतबारीबाट विभिन्न कृषि उपजहरु ल्याई ताजा र स्वस्थ वस्तुहरु उपभोक्ताहरुलाई सहज रुपमा उपलब्ध गराउनु हो ।

एग्रोमार्टमा फलफुल, तरकारी, गेडागुडी, मह लगायत स्थानीय एवम् रैथाने बालीहरु कोदो, कोदोको पिठो, फापर, फापरको पिठो, मार्सी चामल, स्थानीय बेसार साथै फलफुलको फ्रेस जुस, सजावटका विरुवाहरु उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्