सावित्राको सानदार प्रदर्शनमा रानानाको पहिलो जित

नेपाल कलम
नेपाल कलम १ भाद्र २०८० शुक्रबार १०:१२
1 Min Read
Aa

काठमाडौं /नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीले डेब्यु खेलमै गोल गर्दा हापोएल रानानाले सिजनको पहिलो खेल विजयीबाट सुरुआत गरेको छ । अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० ले पराजित गरेको हो । रानानाका लागि आदि गोल्डेन र साम्बाले १/१ गोल गरे ।

सावित्राले युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्दै इतिहास पनि रचेकी छिन् । रानानाले लिग यात्रा भने अगस्टको अन्तिमबाट सुरु गर्नेछ । लिगमा ८ टोलीबीच झन्डै ७ महिनासम्म लिग चल्नेछ । रानाना यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस्