महिला सक्षम हुन जरुरी छ ः मेयर लामा

नेपाल कलम
नेपाल कलम १ भाद्र २०८० शुक्रबार २०:३४
2 Min Read
Aa

हेटौंडा÷हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले महिला सक्षम हुन जरुरी रहेको बताएकी छन् । शुक्रवार मानव अधिकारको लागि महिला एकल महिला समुह मकवानपुरले हेटौंडामा आयोजना गरेको महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रिय सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धि सरोकारवालासंग नागरिक संवाद कार्यक्रममा बोल्दै लामाले महिला सक्षम भए उपमहानगरपालिकाकै विकास हुने बताएकी हुन् ।
मेयर लामाले एकल महिलाका लागि उपमहानगरपालिकाबाट आय आर्जनमा जोड्न बजेट समेत छुट्याएको बताईन् । लामाले एकल महिलालाई विभिन्न कार्यहरुमा प्रोत्सहन गर्न आफ्नो तर्फबाट सधै सहयोग गर्ने प्रतिवद्धता समेत जनाईन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत कृष्ण प्रसाद मिश्रले सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रिय सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को बारेमा प्रष्ट पारेका थिए । त्यसैगरी कार्यक्रममा मानव अधिकारको लागि महिला एकल महिला समुह बागमती प्रदेशका अधिकृत अप्सरा अर्यालले कार्यक्रमको उदेश्यबारे जानकारी गराएको थियो ।
मानव अधिकारको लागि महिला एकल महिला समुह मकवानपुरका अध्यक्ष शान्ता वि.क.को सभाध्यक्षता भएको कार्यक्रममा प्रदेश अध्यक्ष देवकी पौडेल , नेपाल बार एशोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत , ईन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी , मानव अधिकारको लागि महिला एकल महिला समुह मकवानपुरका जिल्ला महासचिव शारदा चौलागाई , सचिव अमृता थापा मगर , कोषाध्यक्ष निर्मला पौडेल , नेपाल रेडक्रस सोसाईटी जिल्ला सदस्य कृष्ण बहादुर मिश्र लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्