हेटौंडामा एक वर्षमा २ अर्व ३९ करोड विद्युत महशुल संकलन

नेपाल कलम
नेपाल कलम २ भाद्र २०८० शनिबार १७:१२
4 Min Read
Aa

हेटौंडा/नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण शाखाले गत आर्थिक वर्ष २०७९/८० मा २ अर्व ३९ करोड २३ लाख ६७ हजार ५ सय ११ विद्युत महशुल खुद संकलन गरेको छ । जस्मा प्राधिकरण हेटौंडा शाखाले २ अर्व ३८ करोड १० लाख ८९ हजार २ सय ६ विद्युत विक्रि गरेको प्राधिकरण हेटौंडा वितरण शाखाका लेखापाल हरी खड्काले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को खुद संकलन भन्दा कम रहेको छ । गत आव २०७८/७९ प्राधिकरण हेटौंडा शाखाले दुई अर्व ५२ करोड ६२ लाख ६५ हजार ८ सय ९२ खुद संकलन गरेको थियो भने दुई अर्व ५३ करोड ३६ लाख ८० हजार ६ सय ७४ विद्युत विक्रि गरेको थियो । तर,गत अघिल्लो आवमा प्राधिकरणको तारहरु सटडाउन हुने समस्या र मर्मत गर्दै दुई महिना लाग्दा घाटा कम संकलन भएको जनाएको छ । तारहरुमा समस्या र थप आर्थिक संकटका कारण उद्योगहरु सञ्चालन नहुँदा पनि यो अवस्था सिर्जना भएको लेखापाल खड्काले जानकारी दिए ।
९ सय ४२ कालोसुचीमा
विद्युत प्राधिकरण हेटौंडा शाखाले हालसम्म विद्युत बक्यौता नतिर्ने ९ सय ४२ जनालाई कालोसुचीमा राखेको छ । प्राधिकरणले पटक पटक महशुल तिर्न ताकेता गरेपनि अटेर गरेका ९ सय ४२ जना ग्राहकहरलाई तनि पुस्तासम्म मिटर जडान गर्न नपाईने गरी कालोसुचीमा राखिएको लेखापाल खड्काले बताए । उनका अनुसार कालोसुचीमा रहेका ५ जनाले विद्युत बक्यौता तिरेपछि कालोपाटीबाट हटाइएको र उक्त ५ जनाबाट १ लाख २२ हजार ५ सय ९२ रकम संकलन गरेको छ ।
२६ सय ९ वटा ग्राहकको लाईन काटियो
विद्युत प्राधिकरण हेटौंडाले गत आव २०७९/८० मा २६ सय ९ वटा ग्राहकहररुको लाईन काटेको थियो । विद्युत बक्यौता रकम बुझाउन ताकेता गरेपनि नतिर्ने ग्राहकहरुको लाईन काटेको हो । २६ सय ९ वटा ग्राहकहरुबाट प्राधिकरण हेटौंडा शाखाले ७ करोड ४२ लाख ८० हजार ४ सय ९५ बराबरको रकम उठाउनुपर्ने भएपनि १८ सय ४३ ग्राहकबाट मात्रै ६ करोड ३७ लाख ३२ हजार ७ सय ६ रुपैयाँ उठाएको लेखापाल खड्काले बताए ।
थपियो ४ हजार नयाँ ग्राहक
प्राधिकरणमा हाल ग्राहक संख्या ७४ हजार ९४ जना रहेका छन् । गत आव २०७९/८० को एक वर्षमा ४ हजार ६ सय ७४ नयाँ ग्राहक संख्या थपेको लेखापाल खड्काले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणको हेटौंडा वितरण केन्द्रले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी, राक्सिराङ, मकवानपुरगढी, बकैया, बागमती गाउँपालिकाका सबै क्षेत्र र कैलाश गाउँपालिका तथा भीमफेदी गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत सेवा उपलब्ध गराएको छ । जिल्लाको उत्तरीक्षेत्र थाहा नगर र ईन्द्रसरोवर गाउँपालिकाको सबै क्षेत्र तथा भीमफेदी गाउँपालिकाको ३ र ९ नम्बर वडा, कैशाल गाउँपालिकाको १, २, ५ र ६ नम्बर वडा भने थाहा नगरस्थित नेपाल विद्युत प्राधिकरणको पालुङ वितरण केन्द्रले विद्युत सेवा प्रदान गरिरहेको छ ।
चोरी संख्या घट्यो
प्राधिकरण हेटौंडामा चोरी गर्ने संख्या भने घटेको छ । विगतमा धेरै चुहावट भएपनि अहिले सचेतनाका कारण चोरी संख्या घटेको पाईएको हो । विद्युत प्राधिकरण हेटौंडा शाखाका अनुसार अघिल्लो वर्षमा २१ जनाले विद्युत चोरी गरेको पाइएको छ । जस्मा चोरी गर्ने २१ ज्नाबाट प्राधिकरणले १ लाख ६६ हजार ९१ रुपैयासहित जरिवाना लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्