
हेटौंडा/मनहरी गाउँपालिकाले जग्गा नापी गर्न सहजता गरिदिन भन्दै मनहरीले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका ेछ । मंगलबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा भएको गाउँपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई भेटी एलानी जग्गा नापी , भुमिहिन दलित तथा सुकुम्बासीको समस्या समाधानको लागि ज्ञापनपत्र बुझाएको हो ।
गाउँपालिकाको अधिकांश जमिन एलानी रहेको र उक्त क्षेत्र मध्यबर्तीको भएकोले लामो समय देखि स्थानिय सरकार र मध्यवर्ती क्षेत्र बिच बिबाद रहदै आईरहेको थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, “चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका जनताको समस्या सम्बोधन हुन्छ । तत्काल वन तथा वातावरण तथा भूमिसुधार मन्त्रालय, मुख्यसचिव, सचिवसहितको छलफल राख्छु । छफलबाट समस्या सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताए ।” साथै सम्बन्धित निकायसङ्ग बसेर ऐन सम्सोधन गरेर भए पनि समस्या समाधान गर्ने बताए ।
सो प्रतिनिधिमण्डलले निकुञ्ज क्षेत्रबाट निस्केका वन्यजन्तुले मध्यवर्तीवासीलाई दुःख दिएको, निकुञ्ज क्षेत्रका नदीजन्य पदार्थ प्रयोगमा समस्या भएको, जग्गा नापजाँचमा समस्या भएको जस्ता समस्या सम्बोधन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको थियो । मकवानपुर जिल्ला र छिमेकी जिल्लाको अन्य स्थानिय तहले एलानी जग्गाको लालपुर्जा बितरण र भुमिहिन तथा दलित सुकुम्बासीको ब्यबस्थापन भईरहदा मनहरी गाउँपालिकालाई पनि स्थानिय जनताको निर्बाचित जनप्रतिनिधिमाथी तिब्र दबाब रहदै आईरहेकोछ ।
मकवानपुर जिल्ला मनहरी गाउँपालिका र चितवन जिल्लाका स्थानिय तह राप्ती नगरपालिका ,खैरहनी नगरपालिका , रत्न नगरपालिका र माडी नगरपालिकाका निर्बाचित जनप्रतिनिधिले एकसाथ प्रचण्डलाई भेटेका हुन्। भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेस महामन्त्री गगन कुमार थापा, मकवानपुर निर्बाचन क्षेत्र २ ख प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँ , मकवानपुर जिल्ला समन्वय प्रमुख ललित घलान , मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती , उपाध्यक्ष सीता पुलामी मगर ,मनहरी गाउँपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरुलगाएत अन्य जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्