मकवानपुरमा डेंगू संक्रमितको संख्या २०० नाघ्यो

नेपाल कलम
नेपाल कलम ५ भाद्र २०८० मंगलवार १९:२६
1 Min Read
Aa

हेटौंडा/मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या २०० नाघेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या २०० नाघेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ६ जना, मनहरी गाउँपालिकाका २ जना र बकैयाँ गाउँपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो । जिल्लामा गत साउन १ गतेदेखि आजसम्मको तथ्याङ्क हेर्दा डेंगू संक्रमितको संख्या २०६ पुगेको छ । यसअघि सोमबारसम्म १९७ जनामा गेंगू संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार, सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ १५१ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा ५ जना, बकैया गाउँपालिकामा २ जना, राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्