चालकले मदिरा पिएका थिए घाइते सिंह

नेपाल कलम
नेपाल कलम ७ भाद्र २०८० बिहीबार १०:४१
1 Min Read
Aa

चुरीयामाई दुर्घटनाका घाइते धरम सिंहले सवारी चालकले होटलमा खाना खाने क्रममा मदिरा सेवन गरेको बताएका छन् ।

होटलमा मदिरा सेवनपछि उनले सवारी द्रुतगतिमा चलाएको र चुरीयामाई मन्दिर ओरालोमा आएपछि आफू हाम्फालेर भागेको बताए ।

सवारी चालको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ ।

दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा मृत्यु एक नेपालीसहित ७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

काठमाडौंबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान करिब अढाई बजे दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्