मनहरीमा अनलाइन मार्फत घरबाटै घटना दर्ता गर्न सकिने

नेपाल कलम
नेपाल कलम ७ भाद्र २०८० बिहीबार २०:३०
1 Min Read
Aa

हेटौंडा / मनहरी गाउँपालिकाले सेवाग्राहिलाई सहज सुविधा प्रदान गर्न घरबाटै घटना दर्ताको फारम भर्ने भएको छ । वडा कार्यालय पुगेर लाइनमा बसी घटना दर्ता गरिने प्रकृया झन्झटिलो भएकाले सहज सुविधाका लागि अनलाइन मार्फत् यो सेवा बिस्तार गरीएको कार्यालयका एम आइ एस अपरेटर दिपक अधिकारीले जानकारी दिए ।

अब देखि जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँ सराई र सम्बन्ध बिच्छेद जस्ता दर्ताका लागि घरबाटै अनलाइन मार्फत प्रकृया पुरा गरी फारम भर्ने र ३५ दिनभित्र सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गरी स्थानीय पञ्जिकाधिकारीबाट सो को प्रमाणपत्र लिन अधिकारीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्