हेटौंडा–२ मा सञ्चालनमा आयो स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट

नेपाल कलम
नेपाल कलम ७ भाद्र २०८० बिहीबार २०:३५
1 Min Read
Aa

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ पुरानो मकवानपुर रोडमा साढे दुइ करोड लगानीमा एकै स्थानमा स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट सञ्चालनमा आएको छ । तीन जना मिलेर आरसी इन्टरनेस्नल प्रालि कम्पनि मार्फत व्यावसायीक तरिकाले स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट आजबाट सञ्चालनमा ल्याएका हुन् ।

१२ जना युवालाई रोजगारी समेत दिइएको हो । एकै स्थानमा बजारको बिच भागमा किशोर, किशोरी लगायतका स्केटिङ् गर्न सकिने, त्यको अगाडी स्वीमिङ गर्न सकिने र रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याइएको सञ्चालक रमेश सापकोटाले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । रेस्टुरेन्टमा बेकरीका आइटमहरु पनि उत्पादन गरिएको छ । यसमा युवराज भण्डारी र जागृत चौरेल समेतले लगानी गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्