राप्ती खोलामा पुरुषको शव फेला

नेपाल कलम
नेपाल कलम १० भाद्र २०८० आईतवार ०९:१४
0 Min Read
Aa

हेटौंडा/मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ सिमलटार क्षेत्रको राप्ती नदी शनिबार अपराह्न एक पुरुषको शव फेला परेको छ । उक्त शव स्थानीय ४५ वर्षीय कुमार भारतीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार, भारतीको शव खोलामा डुबेको अवस्थामा फेला परेको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्