तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक, प्याजको मुल्य यथावत

नेपाल कलम
नेपाल कलम १० भाद्र २०८० आईतवार ०९:२१
1 Min Read
Aa

हेटौंडा/कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ । जसअनुसार आज प्याजको मूल्य स्थिर रहेको छ । शुक्रबार न्यूनतम् ७५ रुपैयाँमा संकलन भएको प्याज शनिबार २ रुपैयाँले घटेर प्रतिकिलो न्यूनतम् ७३ रुपैयाँमा संकलन भएको थियो ।

तर आज प्याजको मूल्य स्थिर रहेको समितिले जनाएको छ । आज बिहान प्याज न्यूनतम् ७३ रुपैयाँ प्रतिकिलोमा संकलन भएको छ ।
यस्तै आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ५० रुपैयाँ रहेको छ । समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य ७० रुपैयाँ रहेको छ । रातो आलु न्यूनतम् ५२, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४६ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय रुपैयाँ छ । लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ६० र सेतो मूला हाइब्रिड ७० रुपैयाँमा संकलन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्