आफै लुकिछिपि बसी अपहरणको बहाना बनाउने राक्सिराङका प्रजा पक्राउ

नेपाल कलम
नेपाल कलम १० भाद्र २०८० आईतवार १८:३२
2 Min Read
Aa

हेटौंडा/आफै लुकिछिपि बसी अपहरणको बहाना बनाउने राक्सिराङ गाउँपालिका वडा नम्बर -५ का ४६ वर्षीय कुमार प्रजा प्रहरीले नियन्त्रणमा लिएका छन् । प्रजालाई मकवानपुर प्रहरी आज (आईतवार) बिहान ५ बजेको समयमा नियन्त्रणमा लिएको हो ।
प्रजा यहीँ भाद्र ३ गते विहानको समयदेखी आफ्नो घरबाट हराइएको र परिवार सँग सम्र्पक विहिन भएका थिए । प्रजा र सोही ठाउँमा बस्ने निर्मल भन्ने सानु बाबु रुम्बा बीचमा आर्थिक लेनदेन रहेको र दुवै जना बीच वादविवाद भएको थियो । सोहि वादविवादका कारण निर्मल भन्ने सानुबाबु रुम्बाले आफ्नो श्रीमानलाई बेपत्ता पारी अपहरण समेत गरेको हुन सक्ने भन्दै प्रजाकी श्रीमति आईती माया चेपाङले श्रीमानको खोजतलास गरी दिन र रुम्बालाई आवश्यक कारबाही गर्न प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको थियो ।
इलाका प्रहरी मनहरीले कुमार प्रजाको हुलियाका साथ खोजतलास तथा निजको बारेमा गोप्य रुपमा अनुसन्धान गर्दा श्रीमती र अन्य परिवारका सदस्यहरुसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको समेत खुल्न आएको मकवानपुर प्रहरी प्रमुख उपरिक्षक सीताराम रिजालले बताए । प्रहरीले प्रजालाई मनहरी गाउँपालिका वडा -४ नयाँबस्तीस्थित सुर्य बहादुर प्रजाको घर नजिकै रहेको अनुग्रह चर्चमा फेला पारी नियन्त्रणमा लिइएको रिजालले बताए । प्रहरीले आफै घरबाट निस्की लुकीछिपी बसेर अपहरण भएको भनेर किन अफवाह फैलाएको भनि सोधपुछ गर्दा प्रजाले प्रजाले प्रहरीलाई नै अश्लिल शब्दहरु प्रयोगगरी अभद्र व्यवहार गरेको उपरिक्षक रिजालले बताए । प्रजा माथी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्