पुलमा कार छाडेर आज एक चिकित्सक बेपत्ता

नेपाल कलम
नेपाल कलम ११ भाद्र २०८० सोमबार १२:५९
1 Min Read
Aa

बराहक्षेत्र र उदयपुरबीचको कोशी पुलमा कार छाडेर एक चिकित्सक आज बिहानदेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्द चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको सवारी साधन कोशी पुलमा छाडेर डा. प्रज्ज्वल कोइराला बेपत्ता भएका हुन् ।

डिएसपी चौधरीका अनुसार डा. कोइराला मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत चिकित्सक हुन् ।
स्थानीयले आज (सोमबार) बिहान ४ बजे कोशी पुलमा बेवारिसे कार देखिएको प्रहरीलाई जानकारी दिएपछि खोजी गर्दा कार डा. कोइरालाको भएको तर उनी फेला नपरेको प्रहरीले बताएको छ ।

बेपत्ता चिकित्सक कोइरालालाई कोशी नदी, आसपासका जंगल र होटलहरुमा खोजी कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्