
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं–११ स्थित बागेश्वरी महिला साकोसले १५ औ स्थापना दिवस मनाइएको छ । सोमवार साकोसले स्थपना दिवसको अवसरमा कार्यक्रमम आयोजना गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा बागेश्वरी महिला साकोसले संस्थागत छलफल एंव आवश्यक सल्लाह सुझाव तथा आदान प्रदानसमेत गरिएको थियो । बागेश्वरी महिला साकोसकी अध्यक्ष आशा कुमारी अधिकारीको सभाध्यक्षता तथा हेटौंडा–११ नंम्वर वडाकी वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला बचत संघका उपाध्यक्ष मिना चौरेल , नेफ्स्कुन फिल्ड कार्यलय ब्यवस्थापन उपसमितिका सदस्य राजेन्द्र पौडेल, जिल्ला सहकारी संघका व्यवस्थापक गोबिन्द दाहाल , नवयुवा साकोसका अध्यक्ष फुलमान श्रेष्ठ , उपयोगीसहस्राब्दी साकोसका अध्यक्ष दिनेश बिडारीको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्