
हेटौंडा/राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोग र संयुक्त राष्ट्र संघले संयुक्त रूपमा सदस्य राष्ट्रहरूले अपनाएका मानिसहरू र पृथ्वीका लागि दिगो विकास लक्ष्यहरको मध्यावधि प्रगति समीक्षा गर्न दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता सम्बन्धी कार्यशाला गोष्ठी हेटौंडामा सम्पन्न भएको छ ।
२०२३ सेप्टेम्बरमा हुने दिगो विकास लक्ष्य शिखर सम्मेलनको पूर्व तयारीको रुपमा नेपालको दिगो विकास लक्ष्यको प्रगति स्थिति समीक्षा गर्ने, सन् २०३० सम्मको लक्ष्य प्राप्त गर्न प्राथमिकता क्षेत्रहरूको पहिचान गर्ने र सन् २०२६ सम्मको लक्ष्य प्राप्त गर्न आवश्यक तीव्रता लिन कार्यदिशा तयार गर्नेछ । यसले दिगो विकास लक्ष्यको प्रगतिलाई गति दिने प्रयासहरूलाई प्रादेशिक र स्थानीय सरकारहरू, नीति निर्माता, निजी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरू लगायत बहुसरोकारवालाहरूको सहकार्यमा विभिन्न कार्यक्रम संचालनमा रहेका छन् ।

बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर नर बिक्रम थापाको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य किरण प्रसाद गजुरेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, बागमती प्रदेशका बिभीन्न मन्त्रालयका सचीवहरु, स्थानीय तहका जनप्रतिनिधीहरु लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल सरकार, राष्ट्रिय योजना आयोग, प्रदेश नीति तथा योजना आयोग र संयुक्त राष्ट्र संघल प्रतिनिधिको कार्यालय, र खाद्य तथा कृषि संगठन नेपालको सहकार्यमा हेटौडामा कार्यक्रम सम्पन्न गरेको हो । नेपाल सरकारको १५ औं योजना, यसका नियमित कार्यक्रमहरू र नीतिहरूमार्फत दिगो विकास लक्ष्यहरूले तय गरेका उद्देश्य प्राप्ती गर्न विशेष प्राथमिकता दिएको छ ।
नेपालले आर्थिक रूपान्तरणलाई उत्प्रेरित गर्ने सम्भाव्यता भएका प्रमुख क्षेत्रहरू पहिचान गरेको छ । यसले गर्दा दिगो विकास लक्ष्य र अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिमा सहयोग पुग्नेछ । यसै सन्दर्भमा दिगो विकासको लक्ष्य दृष्टिकोणमा तीव्रता ल्याउन सरोकारवालाहरू माझ जलवायु परिवर्तन, विकास वित्त, रोजगारी र सामाजिक सुरक्षा, खाद्य प्रणाली र पोषण, शिक्षा र स्वास्थका विषयमा समुहगत छलफल गरी सन २०३० सम्म लक्ष्य प्रापतिमा देखिएका चुनौती र सन् २०२६ सम्मको आधार पहिचान गर्न सहयोग पुयाउनेछ ।
जलवायु प्रकोप, भूराजनीतिक अवस्था, विश्वव्यापी आर्थिक मन्दी र विश्वव्यापी रूपमा कोभिड १९ लगायतका कारणले पूर्व निर्धारित लक्ष्य हासिल गर्न समस्या देखिएको हो । यस कार्यशालाबाट प्राप्त हुने सुझावहरूका आधारमा दिगो विकास लक्ष्यलाई तीव्रता दिन तयार गरिने राष्ट्रिय दृष्टिकोणलाई २०२३ सेप्टेम्बर १८/१९ मा संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुने दिगो विकास लक्ष्य शिखर सम्मेलनमा नेपालको प्रतिवद्धताका रूपमा विश्व नेताहरू समक्ष प्रस्तुत गरिनेछ उक्त शिखर सम्मेलनले लक्ष्यहरूप्रति विश्वमाझ सामूहिक प्रतिवद्धता र सबैलाई समावेश गरेर लैजाने विषयहरू निर्धारण गर्नेछ । दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा उक्त शिखर सम्मेलनले उचित मार्गको पहिचान गर्न सफल हुनेछ भन्ने कुरामा विश्वस्त रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्