
हेटौँडा/ प्रेस चौतारी मकवानपुर महिला बिभागले जनैपूणिर्माको अवसरमा सामुहिक रक्षाबन्धन बिशेष कार्यक्रम गरेको छ । दाजुभाइ र दिदीबहिनी बिच प्रेमको प्रतिक मानिने रक्षाबन्धनमा पत्रकार महिलाहरूले पुरुषहरूलाई रक्षाबन्धन (डोरो) बांधिदिएर पर्व मनाईएको हो ।
पत्रकार महिलाहरू र पुरुषबीच आपसी भातृत्व, प्रेम अझै प्रगाढ रहोस भनेर पर्व मनाइएको आयोजकले जनाएको छ । कार्यक्रममा पत्रकार महिला तथा पुरुषहरुले आपसमा सामुहिक रक्षाबन्धन बाँधेर शुभकामना आदनप्रदान गरेका थिए । महिलाहरुलाई हरेक वर्ष तीजमा पुरुषहरुले विशेष कार्यक्रम आयोजना गर्ने दर खुवाउने रमाइलोमा सहभागी गराउने गरेको भए पनि प्रेस चौतारी मकवानपुरमा पुरुषहरुको लागि जनैपूर्णिमाको दिन रक्षाबन्धन बाँधेर पर्व मनाइएको यो पहिलो पटक हो ।

समाजलाई सहीमार्गमा ल्याउन तथा सही संस्कारको मार्ग दर्शकको रुपमा समेत पत्रकारिताले योगदान गर्न सक्ने प्रेस चौतारी नेपाल पुर्व केन्द्रिय सदस्य सरिता दाहालले बताइन् । ‘त्यसैले हामीले राखी भन्दा रक्षाबन्धनलाई छनौट गरेका हौ’ उनले भनिन् । पत्रकारिताको क्रममा सधैं एउटै फिल्डमा हिड्ने क्रम आपतविपत पर्दा महिला पुरषले दाजुभाइ र दिदीबहिनीका रुपमा सहयोग, भातृत्व, अभिभावकत्व र मित्रताको आभाष सधै भएको उनले बताइन् ।
यसैगरी चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले चौतारी महिला विभाग रचनात्मक काममा लागि परेको भन्दै प्रशंसा गरे । ‘यसरी नेपाली संस्कृति र परम्पराको जगेर्नामा हाम्रा साथीहरु लाग्नु भएको छ,यो कामको उच्चप्रशंसा गर्न लायक छ’ अधिकारीले भने । कार्यक्रममा चौतारीका पूर्व केन्द्रिय सदस्यहरु दिपेन्द्र रोक्का, उज्वल अधिकारी, प्रदेश कमिटी सदस्यहरु दिपेश दाहाल, नविन तिमल्सेना जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको सभागीता रहेको थियो ।
कार्यक्रम चौतारी मकवानपुर उपाध्यक्ष एवम् महिला विभाग प्रमुख सुनिता विष्टको अध्यक्षतामा भएको थियो । संगठनले पहिलो पटक सामान्य रुपमा सानो समूहमा कार्यक्रम मनाइएको र आगामी दिनमा यसलाई थप व्यवस्थित र ठुलो समूहमा मनाउन कोशिस गरिने विष्टले बताइन् । सधै कार्यक्षत्रमा व्यस्त हुने पत्रकारहरुलाई रिफ्रेसमेन्टको लागि पनि संगठनले समय समयमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेको चौतारी मकवानपुर सहसचिव मनिता रानाले बताइन् । प्रेस चौतारी मकवानपुर महिला बिभागले जनैपूणिर्माको अवसरमा सामुहिक रक्षाबन्धन बिशेष कार्यक्रम गरेको छ ।
दाजुभाइ र दिदीबहिनी बिच प्रेमको प्रतिक मानिने रक्षाबन्धनमा पत्रकार महिलाहरूले पुरुषहरूलाई रक्षाबन्धन (डोरो) बांधिदिएर पर्व मनाईएको हो । पत्रकार महिलाहरू र पुरुषबीच आपसी भातृत्व, प्रेम अझै प्रगाढ रहोस भनेर पर्व मनाइएको आयोजकले जनाएको छ । कार्यक्रममा पत्रकार महिला तथा पुरुषहरुले आपसमा सामुहिक रक्षाबन्धन बाँधेर शुभकामना आदनप्रदान गरेका थिए । महिलाहरुलाई हरेक वर्ष तीजमा पुरुषहरुले विशेष कार्यक्रम आयोजना गर्ने दर खुवाउने रमाइलोमा सहभागी गराउने गरेको भए पनि प्रेस चौतारी मकवानपुरमा पुरुषहरुको लागि जनैपूर्णिमाको दिन रक्षाबन्धन बाँधेर पर्व मनाइएको यो पहिलो पटक हो ।
कार्यक्रममा चौतारीका पूर्व केन्द्रिय सदस्यहरु दिपेन्द्र रोक्का, उज्वल अधिकारी, प्रदेश कमिटी सदस्यहरु दिपेश दाहाल, नविन तिमल्सेना जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको सभागीता रहेको थियो । कार्यक्रम चौतारी मकवानपुर उपाध्यक्ष एवम् महिला विभाग प्रमुख सुनिता विष्टको अध्यक्षतामा भएको थियो । संगठनले पहिलो पटक सामान्य रुपमा सानो समूहमा कार्यक्रम मनाइएको र आगामी दिनमा यसलाई थप व्यवस्थित र ठुलो समूहमा मनाउन कोशिस गरिने विष्टले बताइन् । सधै कार्यक्षत्रमा व्यस्त हुने पत्रकारहरुलाई रिफ्रेसमेन्टको लागि पनि संगठनले समय समयमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेको चौतारी मकवानपुर सहसचिव मनिता रानाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्