
जनै पुर्णिामा अर्थात रक्षावन्धनको अवसरमा लियो क्लब अफ हेटौंडा पाथीभराको समूहले मामाघर नेपाल मकवानपुरमा संरक्षित भान्जाहरुलाइ राखी बाधेर सबै भान्जाहरु सङग खुसी साटासाट गरि पर्व मनाएको छ ।
बिकेश लाल श्रेष्ठ प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले मामाघर नेपाल संग आफू सधै नजिक रहेकोमा खुशी समेत व्यक्त गरेका छन । कार्यक्रममा लियो क्लबका लियो अनिल अधिकरी, बिना चौलागाईं, स्वीकृति के.सि.,बन्दना अर्याल, उमा ब्लोन, मित्र प्रसाद गौतम ज्युसहितका १८ जनाको उपस्थित थियो ।

तेसै गरि मामा घर नेपालका संरक्षक अर्पण पराजुलीले उमंग र हर्षको बाताबरण बनाइ हामिलाइ निरन्तर सहयोग गर्दै आइरहनु भएकोमा लियो क्लबलाई हार्दिक धन्यवाद व्यक्त गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस्