हेटौंडा बजारको सडक विस्तार हुनुपर्छः महेश बर्तौला

नेपाल कलम
नेपाल कलम १५ भाद्र २०८० शुक्रबार २०:२९
1 Min Read
Aa

हेटौंडा /नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले हेटौंडा बजारको सडक २५ गज नभई २५ मिटर विस्तार हुनुपर्ने बताएका छन् । शुक्रबार प्रेस चौतरी मकवानपुर शाखाले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर क्षेत्र नम्बर २ का सांसद समेत रहेका बर्तौलाले हेटौंडा बजारको सडकको दायाँबायाँ २५–२५ मिटर विस्तार गर्नुपर्ने धारणा राखे ।

हेटौंडाको लागि सडक विस्तार आवश्यक रहेको बताउँदै उनले सडक विस्तारको नाममा सर्वसाधारणलाई सुकुम्बासी बनाउन नमिल्ने पनि बताए । उनले हेटौंडामा लामो समयदेखि व्यवसाय गरेर बसेकाहरुलाई उचित व्यवस्थापन गरेर सडकलाई फराकिलो पार्नुपर्ने बताए ।

उनले जनप्रतिनिधिहरु विकास विरोधी बन्न नहुने बताउँदै सबै राजनीतिक दलहरुले एकै धारणा बनाएर सडक विस्तारको कार्य अघि बढाउनु पर्ने बताए । उनले यहाँको सडक विस्तारमा उठेका जनगुनासोलाई समेत सम्बोधन गर्ने गरी सरकार अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्