
आधुनिक राष्ट्रिय माबि, हेटौंडा- ४ मा युवा रेडक्रस सर्कल पुनर्गठन भेलाको आयोजना गरिएको छ। आधुनिक राष्ट्रिय माबिका बि.ब्य.स.का अध्यक्ष समिम खानको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक रामसागर गुरागाइ,नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका उपकोषाध्यक्ष अभि मैनाली, युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडा, बिधालयका सहायक प्रअद्वय दिपक अधिकारी र मालती पोखरेल, शिक्षक नायक सोम प्रसाद आचर्यले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

भेलामा रेडक्रस मकवानपुरका उपमन्त्री दाहालले बिश्व रेडक्रस र नेपाल रेडक्रस अभियान, जुनियर/ युवा रेडक्रसको आबस्यकता र महत्व लगायतका बारेमा बिद्यार्थीहरुलाइ प्रशिक्षण दिनुभएको थियो ।
भेलाले आभास कटुवालको अध्यक्षमा ११ सदस्यीय आधुनिक युवा रेडक्रस सर्कल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्