
नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको देशैभरी आजदेदि देखि शुरु हुँदै छ । आज प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड“ले भव्य समारोहबीच चन्द्रागिरि नगरपालिका–२ भट्टेडाँडाबाट अभियानको औपचारिक उद्घाटन गर्ने तय भइसेको छ । गत केन्द्रीय समिति बैठकबाटै माओवादीले ७५३ पालिकाको ६ हजार ७४३ वडामा एकसाथ अभियान सुरू गर्ने कार्यतालिका पारित भएअनुसार विशेष अभियानका पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार समिति, प्रदेश कमिटी सदस्यहरू र जनवर्गीय संगठनलाई अभियानमा एकसाथ खटाइएको छ । केन्द्रीय कमिटीको निर्देशन अनुसार मकवानपुरका माओवादी नेता कार्यकर्ताहरु पनि अभियानमा जुटेको छ । यसै सन्दर्भमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एंव प्रेम बहादुर पुलामी (छिन्तु) सँग गरेको कुराकानीको सम्पादित अंश ।
माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीन महिने अभियान के हो ?
खासमा नेता र कार्यकर्ता पनि रुपान्तरण हुनुपर्छ । जनता र हाम्रो वर्ग जस्तो थियो त्यो वर्गसँग एकाकार भएर भएर जान सक्नुपर्दछ । अलि फकर जस्तो देखियो माओवादी पार्टी , माओवादी पार्टीका नेता कार्यकर्ता जनताभन्दा फकर प्रकृतिको जस्तो देखिन थालेपछि सबै एउटै हुनुपर्छ । अथवा जनतासँग एकाकर भएरै जानुपर्छ भन्ने उदेश्य राखेर हामिले रुपान्तरण अभियान नेता र कार्यकर्तामा भएरका खोट र कुनै त्यस्तो प्रवृत्ति रहेछ भने त्यसलाई परित्याग गर्नुप¥यो र त्यो त्यागसहितको रुपान्तरण हुनुप¥यो भनेर थालिएको अभियान हो ।

अभियानबाट माओवादी पार्टीको रुपान्तरण खोजिएको नेताहरुको सार्वजनिक भनाईबाट बुझिन्छ, माओवादीमा कस्तो र किन रुपान्तरण आवश्यक छ ?
हामि नेता कार्यकर्तापंत्ती नै रुपान्तरण हुँदै अगाडि बढ्नुपर्ने भएकाले सदस्यता नविकरणदेखि संगठन विस्तारदेखि सबै कार्यक्रमहरु अघि बढ्छ । संगठनलाई पुर्नगठन गर्ने अभियान अन्तर्गत पहिलो चरणमा हामि यसरी अगाडि बढ्छौं । दोश्रो चरणमा स्कुलिङ र प्रशिक्षणहरुसहित हामि अगाडि बढ्छौं पार्टीको आन्तरिक जिवनमा र तेश्रो चरणमा पुग्दा हामि टोल सभा , वडा सभा र गाउँसभा गर्दै प्रत्येक विद्यालय , क्याम्पस र संघसस्थामा समेत पनि प्रत्येक घरदैलोमा हामि रहन्छौं । हामिले भनेका छौं ‘जनजनमा माओवादी , मन मनमा माओवादी ’ भनेर हामि यो कार्यक्रमलाई व्यवस्थित , सिर्जनात्मक , सिर्जनशील ढंगले अगाडि बढाउँछौं ।
माओवादीले ७५३ पालिकाको ६ हजार ७ सय ४३ वडामा एकसाथ अभियान सुरु गर्दैछ, मकवानपुरमा कसरी अभियान सञ्चालन हुनेछ ?
देशभरी एकै साथ हुने यो तीन महिने अभियानमा मकवानपुर जिल्लाको पनि १ सय २ वटै वडामा एकैसाथ आजदेखि अभियान शुरु हुन्छ । खासगरी स्थानीय तहलाई भन्दापनि वडा वडालाई प्राथमिकता दिइराखेका छौं । त्यस्कारण प्रत्येक वडामा केन्द्रिय सदस्य , प्रदेश कमिटी सदस्य , प्रदेश परिषद् सदय र जिल्ला सदस्यहरुको नेतृत्वमा हामि प्रत्येक वडाको अभियान सञ्चालन गर्दैछौं । अभियान अन्तर्गत सबै वडाहरुमा विभिन्न जिल्लाहरुबाट आइपुग्नुभएका केन्द्रिय सदस्यहरु , प्रदेश कमिटी सदस्यहरु सबैले जिम्मेवारी लिएर जानुहुनेछ । पहिलो चरणको कार्यक्रम जनसमुदायको उपस्थितीमा भव्यताका साथ उद्घाटन हुन्छ । त्यसपछि सबै कार्यक्रमहरु सेड्युल बनेको छ । यो तीन महिने अभियान तीन चरणमा माओवादी पार्टीको अभियान रहन्छ ।
मुलुकमा राजतन्त्र ढलेर गणतन्त्रसँगै संघीयता पनि कार्यान्वयनमा छ, तर जनस्तरमा कुनै परिवर्तन भएन भन्ने गुनासो छ नी ? यसलाई कसरी लिनु हुुन्छ ?
यो परिवर्तन भएको छैन भनेर जस्ले भन्छ गर्ने दुई थरिका मान्छेहरु छन् । खासगरी एकाथरी राणा शाषणको अत्याचार , पञ्चायती व्यवस्थाको दर्दानाक परिस्थिती उस्ले त्यो कुरा बुझेकै छैन । त्यस्कारण यो गणतन्त्र भनेको यत्तिकै आएको रहेछ भन्ने बुझाई छ । एउटा थरीका मान्छेचाँहि हिजो जुन ढंगले हालिमुहाली गरिराखेको थियो । त्यो कुरा चाँहि प्राप्त गर्न नसकेर भिजेको बिरालोजस्तो भएर सत्ताच्युत भएर बस्नेहरुले पनि हिजो भन्दा पनि नराम्रो भए भनेर प्रचार गरेका छन् । यो नै फरक हुन् । बुझ्न नसक्नु र बुझ पचाउनु दुईवटाबीचको यो कारणले संघीयता खराव छ भनिराखेको हो । मलाई लाग्छ सर्वश्रेष्ठ भनेको अहिलेको यो अवस्थामा नेपालको सन्दर्भमा संघीयता नै हो । तपाई बजेट विनियोजनको कुरा हेर्नुस् , विकास योजनाको कुरा हेर्नुस् संघीयतामा देश गइसकेपछि सबैभन्दा धेरै विकास र राम्रो कार्य अहिले नै भईरहेका छन् ।
रुपान्तरित माओवादी पार्टीबाट जनता र मुलुकले के आशा राख्ने ?
सबैभन्दा पहिला हामि समाजवाद्को अभ्यास अभ्यास गरिराखेका छौं । समाजवाद हुँदै साम्यवादमा पुग्ने हाम्रो लक्ष्य हो । त्यो लक्ष्य निर्धारण गरिसकेपछि लक्ष्य छुनको निम्ति हामि अगाडि बढिराखेका हौं । यो यस सन्दर्भमा रुपान्तरण भनिएको छ । रुपान्तरण भनिएको जनजनमा मनमनमा बस्ने भनेको आफैबाट सफाई गरेर मात्रै सम्भव छ । अरुलाई मात्रै भन्दै हिँडेर त्यो सम्भव छैन । त्यसकारण माओवादीको जुन विशेष रुपान्तरण अभियान छ । स्वीपरको भुमिकामा सबैजना अगाडि बढ्ने भनिएको हो । स्वीपर भनेको यसलाई सफा गर्ने हो । किन सफा गर्ने भनेदेखि हामि मुलुकको हित गर्न चाहन्छौं । विकास गर्न चाहन्छौं । यो विकास गर्ने धेरै ठाउँहरुमा चरम भ्रष्टाचार ,अन्याय , अत्याचार भइराखेको छ । तल जनस्तरमै देखा परेको त्यस्तो भ्रष्टाचाररुपी यो दुर्गन्धलाई अन्त्य यो अभियानले सहयोग गर्छ र जनता र मुलुकले पनि विश्वास गर्ने वातावरण बन्नेछ ।
२०६४ सालको संविधानसभा निर्वाचनमा प्राप्त उपलब्धीलाई माओवादी केन्द्रले त्यसपछिका निर्वाचनमा जोगाउन सकेको देखिँदैन नी ? २०७०, ०७४ र ०७९ को निर्वाचनमा जनताले विश्वास कम गरेको मतपरिणमले देखाउँछ, किन यस्तो हुन गयो ?
चुचुरोमा पुगेर घर बनाएर कसैले पनि बस्दैन । सगरमाथाको चुचुरोमा पुगेर झण्डा गाडेर फर्किने नै हो । हाम्रो पनि २०६४ मा एउटा चुचुरोमा पुगेको थियो । त्यो चुचुरोबाट हामि तस्रो लाग्दै बिस्तारै ओर्लनुपथ्र्यो यो चाँहि आकस्मिक रुपले सिधै तल झरेको कारणले गर्दाखेरी अलिकति अफ्टेरो परिस्थिती देखा प¥यो । अब बिस्तारै उकालो लाग्दै हामि अगाडि बढ्दैछौं । हिजो भन्दा आज , आजभन्दा भोली यसलाई हामि चुचुरो पु¥याउन कोसिस गरिराखेको हौं । यो विशेष रुपान्तरण अभियान यो ट्रेलर मात्रै हो । यसपछि हुने सबैखालको पार्टीको क्रियाकलापहरु , पार्टीको महान अभियानहरु यसभन्दापछि पनि हुनेछन् । ती सबै अभियानहरुले आगामि दिनहरुमा हामि र हाम्रो पार्टीलाई देश र जनतालाई एउटा चुचुरोमा प¥याएर छोड्छ ?
यो अभियानले २०८४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउँन मद्धत गर्छ ?
हो , अवश्य । अहिले भर्खरैको परिस्थतीको सर्वेक्षण गर्ने अथवा अहिले निर्वाचन हुने हो भनेपनि हामि एउटा उचाई हाँसिल गर्ने ठाउँमा त पुगिसकेका छौं । अझै यसलाई विस्तृत र अन्तिम रुप दिनका निम्ति हाम्रो पार्टी र सम्पुर्ण जनसमुदायलाई अपिल गर्दै अगाडि बढिराखेका हौं अहिले , ८४ मा पुग्दा देशको सबैभन्दा ठुलो पार्टी नेकपा माओवादी केन्द्र पार्टी नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्