प्रतिपक्षी दलले सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी

नेपाल कलम
नेपाल कलम १९ भाद्र २०८० मंगलवार ०८:४२
1 Min Read
Aa

वाग्मती प्रदेशका प्रतिपक्षी दलले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आफ्ना योजना समेट्नुपर्ने माग राख्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

५९ दिनपछि सोमबार बस्न लागेको प्रदेशसभाको बैठक अगाडि कार्यव्यवस्था तथा परामर्श समितिको छलफलमा प्रतिपक्षी दलले बजेट पास गर्दा भएको सहमति पालना गर्नुपर्ने, अन्यथा सदन चल्न नदिने चेतावनी दिएका थिए । प्रतिपक्षीको चेतावनीसँगै प्रदेशसभाको सोमबारको बैठक बस्न सकेन ।

विपक्षीले अवरोध गर्ने भएसँगै सदनको आगमी बैठक भदौ २० गतेसम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा र नेमकिपाले बजेट पास गर्दा सरकारले विपक्षीलाई दिएको वचना पूरा गर्नुपर्नेभन्दै सदन सञ्चानमा अवरोध गर्ने चेतावनी दिएपछि संसद् बैठक स्थगित गरिएको हो । प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर सोमबारको बैठक २० गते बुधबार १ बजेसम्मका लागि स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्