
हेटौंडा/कृषि ज्ञानकेन्द्र चितवनको आयोजनामा स्थानीय तहमा कार्यरत कृषि प्राविधिकको द्धैमासिक कार्यक्रम गोष्ठी हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा चालु आ.व. २०८०÷८१ को स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गरिएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभापतित्वमा भएको कार्यक्रम कृषि तथा पशुपंक्षी विकास मन्त्रालय वागमती प्रदेश हेटौंडाका कृषिसचिव शरणकुमार पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । सचिव पाण्डेले कृषि क्षेत्रको रुपान्तरणको लागि मन्त्रालय समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । किसानको समस्या समाधान गर्न आवाश्यक निर्देशिका बनाएर अगाडि बढ्न लागेको समेत पाण्डेले बताए ।
जतिसक्यो चाँडो किसान समक्ष सीमित स्रोतसाधनकोबीच गरेको काम समन्वय गरी तयार गर्नुपर्छ, कुनै पनि कार्य गर्दा अरु विज्ञ अपनाएर अगाडि बढ्ने नभई सँगसँगै लैजाने र नबुझेकालाई हामी सँगसँगै लैजानेछौं । तत्काल किसानलाई परेका समस्यालाई कुनै विधि प्रयोग गरी अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख तेजप्रसाद पौडेलले जनता भनेका भोटबैंक मात्र नभइ राज्यका जिम्मेवार नागरिक हो भन्दै जनप्रतिनिधिले भोट कहाँ छ ? भन्ने कुरा बुझ्नु पर्ने बताए ।

हरेक स्रोतसाधन प्राविधिकसँग सम्बन्धित हुन्छ । मानिसलाई सभ्य बनाएको नै कृषिले हो । कृषि प्राविधिकको गरिखाने ठाउँ हो । कृषिले नै अर्थतन्त्रलाई उकास्न मद्दत गरेको उनले बताए । यसैगरी पशुपंछी तथा मत्स्य विकास निर्दैशनालयका नि. निर्देशक गौरीमान श्रेष्ठले मुख्य अर्थतन्त्र नै कृषि र पशुसेवाको क्षेत्र भएकोले कृषि र पशुमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र कम्तिमा स्नात्तक उत्तीर्ण गरेको विज्ञ राखे कार्यक्रम प्रभावकारी हुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घलानले जबसम्म कृषिक्षेत्रमा लगानी बढ्दैन तबसम्म किसानको जीवनस्तर नसुध्रने बताए । घलानले कृषिप्रधान देशमा किसानको उत्पादनको बजारमूल्य बिचौलियाले सखाप पारेको भन्दै अब बजारीकरणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । घलानको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका सबै स्थानीय तहका कृषि प्राबिधिकले आव २०८०÷८१ को कार्यक्रम सार्वजनिक गरेका थिए ।
कार्यक्रममा कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलले ज्ञानकेन्द्रले आव २०८०÷८१ का १३ करोड ९१ लाखको बिभिन्न कार्यक्रम गर्ने गरी सार्वजनिक गरेका थिए । कार्यक्रममा वीउविजन प्रयोगशालाका प्रमुख राजन ढकाल, माटो तथा मलपरीक्षण प्रयोगशालाका प्रमुख डा. जनार्दन खड्का, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका महाशाखा प्रमुख सुजन कडेल, कृषि विकाश निर्देशनालय हेटौंडाका मीनबहादुर पुन, वाली संरक्षण प्रयोगशाला ललितपुरका प्रमुख कृष्णभद्र अधिकारी, भेटेनरी अस्पताल हेटौंडाका प्रमुख डा. बज्रकिशोर ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्