मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक विदा

नेपाल कलम
नेपाल कलम २२ भाद्र २०८० शुक्रबार ०६:०६
1 Min Read
Aa

हेटौंडा/सिमान्तकृत चेपाङ समूदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले आज ३ जिल्लामा सार्वजनिक विदा दिएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निणर्य अनुसार प्रदेश सरकारले आज बागमतीको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले बताए ।
बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समूदायको बाहुल्यता रहेकोले सो जिल्लाहरुमा विदा दिइएको उनले बताए । यस पर्वको अवसरमा राक्सिराङ गाउँपालिकाले भने बिहिवार शुक्रवार दुई दिन सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्