हातेमालो साकोसमा पुन ः पौडेल

नेपाल कलम
नेपाल कलम २३ भाद्र २०८० शनिबार २०:१२
1 Min Read
Aa

हेटौंडा÷हेटौंडा २ संगमचोकमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः हरि प्रसाद पौडेल चयन भएका छन् । शनिबार भएको १७ औं वार्षिक साधारण सभाबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा केशव प्रसाद धिताल, सचिवमा सीताराम दाहाल, कोषाध्यक्षमा दीपक प्रसाद दाहाल चयन भएका छन् । समितिको सदस्यहरुमा भने सुलोचना सापकोटा, नवराज चौलागाई, किशोर बर्तौला, प्रमिला अर्याल , सानी कान्छी बरुवाल चयन भएका छन् । संस्थाको लेखा समितिमा नारायण रेग्मीको संयोजकत्वमा तीन समिति चयन गरिएको छ । समितिको सदस्यमा विनोद घिमिरे र रेखा रिजाल चयन भएका छन् । प्रदेश सरकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्