फेरि बढायो पेट्रोल र डिजेलको मूल्य

नेपाल कलम
नेपाल कलम २९ भाद्र २०८० शुक्रबार २२:११
1 Min Read
Aa

हेटौंडा / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरिएको हो । अब पहिलो वर्गमा पेट्रोलको मूल्य १८० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८२ रुपैयाँ र तेस्रो वर्गमा १८३ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल तथा मट्टितेल पहिलो वर्गमा १७० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७२ रुपैयाँ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुर्‍याइएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्